काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ। विभागले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा अन्य नदीहरूमा जलसतह बढ्ने सम्भावना रहेको छ।
विभागका अनुसार सोमबार बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि केही नदीमा बहाव बढ्दो क्रममा छ।
तीन दिनको पूर्वानुमानअनुसार कोशी जलाधारका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशी लगायतका नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। नारायणी जलाधारका नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा समेत बहाव बढ्ने विभागले जनाएको छ।
त्यस्तै कर्णाली जलाधारका कर्णाली, भेरी र पश्चिम सेती नदी तथा महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती र बबई नदीमा पनि जलसतह बढ्ने पूर्वानुमान गरिएको छ।
विभागले आज काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी लगायतका जिल्लामा बहने स–साना नदीहरूमा आकस्मिक बाढी ९फ्ल्यास फ्लड० को मध्यम जोखिम रहेको जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। विभागले नदीको जलस्तर बढ्न सक्ने भएकाले नियमित सूचना लिन, आवश्यक तयारी गर्न र जोखिम क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ।
महाशाखाले पहेँलो रङको सङ्केत भएका क्षेत्रमा नदीको जलस्तर बढ्न सक्ने भएकाले निगरानी बढाउन, सुन्तला रङको संकेत भएका क्षेत्रमा बाढीको सम्भावना उच्च रहेकाले तयारी अवस्थामा रहन तथा रातो संकेत भएका क्षेत्रमा उद्धार र सुरक्षित स्थानान्तरणका लागि तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
विभागका अनुसार साउन १९ गतेसम्म केही स–साना नदीमा बहाव आकस्मिक बढ्न सक्ने र साउन २० गतेसम्म पनि केही नदीमा बहाव बढ्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार मनसुन सक्रिय रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ११:३७
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा मन्त्रालयकै संलग्नतामा सिन्डिकेट गराइएको भन्ने आरोपको खण्डन गर...
श्रावण १८ गते, २०८३ - ११:२४
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारका लागि तय गरिएको बैठक स्थगित भएको छ। बैठकमा राष्ट्रिय विधि विज्ञा...
श्रावण १८ गते, २०८३ - ११:०६
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा सहभागी गराएर हिंसात्मक अवस्था सिर्जना गर्ने र त्यसको दोष ...
श्रावण १८ गते, २०८३ - १०:२६
फिदिम। पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५...
श्रावण १८ गते, २०८३ - १०:०७
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ। विभा...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...
श्रावण १७ गते, २०८३ - १६:५०
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...
श्रावण १७ गते, २०८३ - १६:३९
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...



प्रतिकृया लेख्नुहोस्: