काठमाडौं । अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपियाँ पाउने भएका छन् ।
कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने योजनाअनुसार सरकारले जारी गरेको ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि’ अन्तर्गत उपत्यकाका २० स्थानीय तहका परिवारले यो सहयोग पाउने भएका हुन् ।
रकम पाउने योग्य परिवारको संख्या काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी छ । कामपामा मात्रै १६ हजार २ सय ७० परिवार अतिविपन्नमा सूचीकृत छन् । तथ्याङ्कअनुसार उपत्यकामा दुई महानगर र दुई गाउँपालिकासहित २० नगरपालिकामा ३४ हजार ९ सय ९३ अतिविपन्न परिवारले राहत पाउनेछन् ।
नगरपालिकामध्ये शंकरापुरमा ६ सय ६४, कागेश्वरीमा १ हजार ५४, गोकर्णेश्वरमा १ हजार ६ सय ४९, बूढानीलकण्ठमा १ हजार ४ सय ३२, टोखामा १ हजार ५ सय ६९, तारकेश्वरमा १ हजार १ सय ३०, नागार्जुनमा १ हजार ४ सय १६, कीर्तिपुरमा १ हजार ४, चन्द्रागिरिमा १ हजार ३ सय १ र दक्षिणकालीमा ३ सय ५२ अतिविपन्न परिवार सूचीकृत छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - ११:१०
वासिङ्टन । विश्वका धेरै देश अहिले ‘नक्कली सूर्य’ बनाउनमा व्यस्त छन् । यदि सबै योजना अनुसार चल्यो भने भर्जिनियाले २०३० को प्रारम्भमा विश्वको पहिलो ग...
पौष १० गते, २०८१ - ११:०१
अडेन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभरमा हैजाबाट सबैभन्दा बढी यमन प्रभावित हुन पुगेको छ। डब्लुएचओले हालै सार्बजनिक गरेको एक तथ्यांक ...
पौष १० गते, २०८१ - १०:५६
बेइजिङ। चीनले पाकिस्तानलाई ४० उच्च प्रविधियुक्त लडाकु विमान दिने भएको छ । यस विषयमा बेइजिङ र इस्लामाबादबीच वार्ता भइरहेको छ । यदि सम्झौतालाई अन्तिम...
पौष ९ गते, २०८१ - १६:५७
हैदाराबाद। एकातिर साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म पुष्प २ ले रेकर्ड बनाइरहेको छ भने अर्कोतिर सन्ध्या थिएटरमा भएको भागदौडमा मारिएकी एक महिलाको बिषय...
पौष ९ गते, २०८१ - १६:४८
पोखरा। गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा उनीस...
पौष ९ गते, २०८१ - १६:३५
इस्तानबुल। टर्कीको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताएको छन ...
पौष ९ गते, २०८१ - १६:२१
न्युर्योक। अमेरिकाको न्युयोर्कमा आइतबार बिहान सबवे ट्रेनमा एक महिलालाई जिउँदै जलाएको अभियोगमा एक जना पक्राउ परेका छन । अमेरिका जस्तो देशमा घटेको यस...
पौष ९ गते, २०८१ - १६:१०
सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाएका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय...
पौष ९ गते, २०८१ - १५:५४
ढाका। बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ । हसिना गत अगस्ट ५ देखि भारतम...
पौष ९ गते, २०८१ - १५:५१
काठमाडौं। आज सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । बिगत केही समय देखी लगातार घटिरहेको नेप्से पछिल्लो समयमा निरन्तर बढन थाले पछि परिसूचक आज...
प्रतिकृया लेख्नुहोस्: