Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

खबरडबली संवाददाता

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ ।

पहिलो चरणमा पोखराको फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने कामसम्पन्न गरी दोस्रो चरणमा पर्वत खण्डमा मर्मतको काम थालनी गरिएको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले जानकारी दिए । बर्खायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको ठाउँहरुमा मर्मतसम्भार र आवश्यक ठाउँमा कालोपत्र र टालटुलको काम भइरहेको उनको भनाइ छ ।

लोकमार्ग मर्मतसम्भारका लागि विनियोजित ५० लाख रुपैयाँ बजेटबाट पर्वत र कास्की खण्ड मर्मतको काम अघि बढाइएको हो । शिवालय निर्माण सेवामार्फत सडक मर्मतसम्भारको काम भइरहेको सब–इन्जिनियर पौडेलले जानकारी दिए । बर्खायाम सकिएलगत्तै सडक मर्मत गर्ने योजना रहे पनि बीचमा ठूला चाडबाड परेको र पछिल्लो वर्षा नरोकिएका कारण ढिलोगरी मर्मतकार्य सुरु भएको हो । जाडोयाममै भए पनि अहिले धमाधम काम भइरहेको पौडेलले बताए ।

सडक धेरै ठाउँमा बिगे्रकाले ममर्तसम्भारमा छुट्टिएको बजेट अपुग हुने देखिएको सब–इन्जिनियर पौडेलले बताए । पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको छ । ठाउँठाउँमा सडक बिग्रँदा सहज र निर्वाध रुपले सवारीसाधन चलाउन सक्ने अवस्था नभएपछि यात्रु र सवारी चालकहरुले लामो समयदेखि गुनासो गर्दै आएका थिए । सडक कतै भासिएको छ भने कहीँ ठूल्ठूला खाल्डा परेका छन् ।

सवारीसाधनको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम बढेको थियो । पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायतका जिल्लाबाट उक्त सडक हुँदै दैनिक सयौँ गाडी पोखरा, काठमाडौँ, नारायणगढ हुँदै मुलुकका विभिन्न ठाउँमा आउजाउ गर्ने गरेका छन् ।

कार्यालयका अनुसार नयाँपुलतर्फबाट मर्मत हुँदै अहिले कुश्मा नगरपालिका–८ पराधिसम्म आइपुगेको छ । अब एक महिनामा मालढुङ्गासम्मनै मर्मतको कार्य सकिने कार्यालयले जानकारी दिएको छ । मर्मत सकिएका ठाउँहरुमा धुलो र हिलोको समस्या समाधान भएको चालकहरुले बताएका छन् । आर्थिक वर्ष २०७८/७९ मा निर्माण सम्पन्न भएको लोकमार्गको पर्वत खण्ड दुई वर्षमै भत्किएर जीर्ण बनेको हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...

भक्तपुरमा सम्यक महादान पर्वको रौनक: दुई हजार भिक्षुलाई दान गरिँदै

भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो आप्रवासी भिसा

काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...

पार्टी फुटाउन देउवालाई उक्साउने को-को ?

काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...

कांग्रेस विभाजित : दुई कार्यसमितिबिच अब आधिकारिकताको लडाइँ

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...

माघे सङ्क्रान्तिको रौनक: टोखामा पाँच करोडको चाकु बिक्री

काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...

जब भरतपुरको सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...

उत्तरायणको पहिलो दिन: माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending