भक्तपुर । माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अभियानमा जुटेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्यको औपचारिक पहल गरेका छन् । पूर्वमाओवादी नेताहरू पुनः नयाँ शक्ति निर्माणमा लागिरहेको सन्दर्भमा शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष भेट गरी चुनावी तालमेलको प्रस्ताव अघि सारेका हुन् ।
प्रलोपा निकट स्रोतका अनुसार शर्मा केही दिनअघि भक्तपुरको गुण्डु पुगेर अध्यक्ष ओलीसँग एक्लाएक्लै छलफलमा बसेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिम पुगेर जनार्दनलाई राजनीतिक रूपमा ललकारेको केही समयमै शर्मा ओली निवास पुगेका हुन्, जसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ओली–शर्मा भेट पूर्ण रूपमा गोप्य राखिए पनि स्रोतले दिएको जानकारीअनुसार शर्माले केही रणनीतिक निर्वाचन क्षेत्रमा आपसी सहकार्यको प्रस्ताव गरेका छन् । विशेषगरी रुकुम पश्चिममा आफूलाई सहयोग गर्न शर्माले आग्रह गरेका थिए । एमाले अध्यक्ष ओली त्यसमा सकारात्मक देखिएको बताइन्छ ।
एमाले पक्षले सकेसम्म जनार्दन शर्मालाई सूर्य चिन्हबाटै चुनाव लड्न सुझाव दिएको स्रोतको दाबी छ । यद्यपि, शर्माको नेतृत्वमा बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीको आधिकारिक चुनाव चिन्ह भने ‘आँखा’ रहेको छ । चिन्ह र दलगत पहिचानको विषयमा अन्तिम सहमति भने भइसकेको छैन ।
एमाले नेताहरूका अनुसार रुकुम पश्चिम, रोल्पा, कालिकोटलगायतका जिल्लामा माओवादीबाट अलग भएका जनार्दन शर्मा, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका समूहसँग रणनीतिक सहकार्य गरेर चुनावमा जाने सम्भावना अझै खुला छ । वाम मत विभाजन रोक्ने र पुराना प्रभावशाली अनुहारलाई साथमा ल्याउने एमालेको रणनीति यसमा केन्द्रित देखिन्छ ।
जनार्दन शर्मा–केपी ओली भेटलाई आगामी निर्वाचनको शक्ति सन्तुलन बदल्ने प्रयासका रूपमा हेरिएको छ । माओवादी राजनीतिमा असन्तुष्ट समूहहरू एमालेतर्फ नजिकिँदै गएको यो घटनाले वाम राजनीतिक ध्रुवीकरणलाई थप चर्काउने संकेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - १४:०३
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले पार्टीलाई सिधै ...
माघ २ गते, २०८२ - १३:५९
काठमाडौँ । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आफूहरू नै पार्टीको आधिकारिक संरचना भएको दाबी गर्दै निर्वा...
माघ २ गते, २०८२ - १३:४६
भक्तपुर । माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अभियानमा जुटेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्य...
माघ २ गते, २०८२ - १३:२९
विराटनगर । स्थानीय तहबाट उदाएका हर्क साम्पाङ अब केन्द्रको राजनीतिमा सिधा हस्तक्षेप गर्ने तयारीमा छन् । उनले नेतृत्व गरिरहेको श्रम संस्कृति पार्टीले आग...
माघ २ गते, २०८२ - १३:२८
काठमाडौं । तपाइँले अहिलेसम्म चन्द्रमामा जानेबारे गीत वा कथा सुन्नुभएको होला। तर, अब चाँडै नै तपाइँ चन्द्रमामा बनेको होटलमा बस्न सक्नुहुनेछ। यो काल्पनि...
माघ २ गते, २०८२ - १२:२९
सुनसरी । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्र...
माघ २ गते, २०८२ - १२:२७
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ...
माघ २ गते, २०८२ - १२:१९
झापा । कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्व-पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्...
माघ २ गते, २०८२ - १२:१७
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम भएको हो । ...
माघ १ गते, २०८२ - २१:५५
काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...




प्रतिकृया लेख्नुहोस्: