Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

धितोपत्र र नेप्सेको प्रमुख नियुक्तिमा व्यापारीको चलखेल

खबरडबली संवाददाता

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष र नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रकृयामा स्वार्थ समुहहरु हावी हुन थालेका छन् । 

खुल्ला प्रतिष्पर्धाबाटै प्रक्रिया अघि बढाइएको भएपनि अध्यक्ष र सीयओ नियुक्ति नेपालका प्रतिष्ठित व्यापारिक घरानाहरुले लबिङ् गरिरहेको बताइन्छ । 

उसोत माओवादीको भागमा परेको अर्थमन्त्रालय भएपनि धितोपत्रको अध्यक्ष नेपाली कांग्रेस र नेप्सेको सीइओ माओवादीको कोटामा रहने गरी भागबण्डा भएको बताइन्छ । 

यी दुबै नियुक्तिहरु जसको कोटामा परेको भएपनि व्यापारिक घरानाहरुको लगानी र नियन्त्रणमा हुनेगरी  सेटिङ मिलाइएको धितोपत्र बोर्डमा लामो समय काम गरिसकेका एक अधिकृत बताउँछन् । उनका अनुसार अध्यक्ष र सीइओ नियुक्ति प्रक्रियादेखि नै स्वार्थ समुहहरुको लागनी हुन्छ । पछि उनीहरुले नै बोर्ड र नेप्से चलाउँछन् । 

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न अर्थ मन्त्रालयले कात्तिक ११ गते १५ दिन अवधिभित्र शिलबन्दी आवेदन माग्दै सूचना निकालिसकेको छ ।

आवेदकले कात्तिक २५ गते (आगामी बिहीबार) भित्र आवेदन बुझाइसक्नुपर्नेछ । धितोपत्र बोर्ड नेपालको पूँजीबजार नियामक हो ।

यसैगरी नेप्सेमा सीईओ नियुक्त गर्न मन्त्रालयले कात्तिक १३ गते सूचना निकालेर आवेदन मागेको छ । नेप्सेको सीईओ पदमा आकांक्षीले कात्तिक २७ गतेभित्र आवेदन बुझाइसक्नुपर्नेछ । नेप्सेको आधारभूत उद्देश्य सदस्य, बजार मध्यस्थकर्ता–जस्तै दलाल, बजार निर्माता आदिमार्फत धितोपत्र लेनदेन सहजीकरण गरी सरकार र कर्पोरेट धितोपत्रहरूलाई स्वतन्त्र बजार योग्यता र तरलता प्रदान गर्नु हो । अर्थात, नेप्से नेपालमा पूँजीबजार व्यवस्थापन गर्ने एकमात्र ‘फ्रन्ट लाइन रेगुलेटर’ हो ।

यस्ता नियुक्तिहरुमा खुल्ला प्रतिष्पर्धा भनिएपनि पैसाको ठुलो चलखेल हुने बताइन्छ । यस्तो चलखेल हुने पैसा उनै स्वार्थ समुहहरुले स्पोन्सर गर्छन् । उनले स्पोन्सर गरेका व्यक्तिहरुलाई नै नियुक्ति गर्ने गरिन्छ । नेप्सेमा सुचना चुहाएर सर्वसाधारणलाई मार्नेदेखि ठुला शेयर लगानीकर्ताले फाइदा लुट्नेसम्मका काम हुन्छन् । 

धितोपत्र बोर्ड नयाँ कम्पनि खोल्ने र शेयर किनबेच गर्ने प्रक्रियाका लागी स्वार्थ समुहहरु लागेको बताइन्छ । पाल धितोपत्र बोर्डले २०६५ सालमा नयाँ स्टक एक्सचेञ्ज स्थापना निम्ति आवेदन मागेको थियो । नेशनल स्टक एक्सचेञ्जले २०६५ फागुन १८, काठमाडौं स्टक एक्सचेञ्जले फागुन २२, नेपाल सेक्युरीटिज् एण्ड डेरिभेटिभले चैत २४ र हिमालयन स्टक एक्स्चेञ्जले २०६६ मंसिर १५ गते बोर्डमा आवेदन दिएका थिए । तर, बोर्डले लाइसेन्स दिएको थिएन ।

नेशनल स्टक एक्स्चेञ्ज विशाल ग्रुपको हो भने काठमाडौं सेक्युरिटीज् आईएमई ग्रुपको हो । अहिले आईएमई ग्रुप र विशाल ग्रुपले नयाँ स्टक कम्पनीको लाइसेन्स पाउन संयुक्त रूपमा लबिइङ गरिरहेका छन् । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल यसअघि धितोपत्र बोर्ड सञ्चालक समिति सदस्य थिए । सर्वोत्तम सिमेन्टको संस्थापक शेयर भित्री कारोबारमा मुछिएपछि उनले बोर्ड सदस्यबाट राजीनामा दिएका थिए ।

यसैगरी, यसअघि हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स लिँदा विवादित बनेको शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल नक्कली भ्याट बिल, गुणस्तरहीन रड उत्पादन, थर्मलगनमा कालाबजारी लगायत प्रकरणमा फसिसकेका छन् । अग्रवालले गोल्छा समूहसँग मिलेर स्टक र कमोडिटी एक्स्चेञ्ज दुवैका लाइसेन्स लिने प्रयास गरिरहेका छन् ।

यसअघि पनि आइएमई ग्रुपले इन्सुरेन्स कम्पनि लगायतका कम्पनिहरु यसैगरी प्रभावमा पारी दर्ता गर्दै आईरहेको छ । 

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies