Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

एमाले दक्षिणपन्थीहरुको कब्जामा पर्यो –झलनाथ खनाल

खबरडबली संवाददाता

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले दक्षिणपन्थी गुटले कब्जा गरेकाले विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन्। काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा नेता खनालले एमालेको नेतृत्व दक्षिणपन्थी गुटले कब्जा गरेको, गुटवादी क्रियाकलाप सञ्चालन गरेको र पार्टीमा वैचारिक सैद्धान्तिक विचलन भएकाले आफूहरूले विद्रोह गर्नुपरेको बताएका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी क्रान्तिको रूपान्तरणलाई समेत अस्वीकार गरेकाले विद्रोह अनिवार्य भएको दाबी गरे। ‘दुई तिहाइको बहुमत पटक पटक लत्याएको हुनाले, एकीकृत भैसकेको पार्टीलाई उत्प्रेषणको आदेशबाट फुटाउन लगाएकाले। नेपाली क्रान्तिलाई नयाँ चरणमा नयाँ ढंगले पुनर्गठन गरेर आन्दोलनलाई शक्तिशाली बनाउन विद्रोह गर्नुपरेको हो।’ उनले गलत विचारको भण्डाफोर गर्न केन्द्रीय सदस्यलाई निर्देशन पनि दिए।

नेता खनालले यथास्थितिवादका विरुद्ध लड्न, नयाँ सिर्जना,खोज, अग्रगति र क्रान्तिकारी परिवर्तनका लागि नयाँ प्रणाली र पद्धतिको विकासका लागि हुने बताए। ‘यो औचित्यपूर्ण विद्रोह हो। दक्षिणपन्थी अवसरवाद, गुटवादका विरुद्ध न्यायपूर्ण नेपाली क्रान्तिको आवश्यकता अनुसारको विद्रोह हो,’ उनले भने। कहिलेकाहीँ आफैले बनाएका संगठनका विरुद्ध विद्रोह गर्नुपर्ने अवस्था अहिले मात्रै नभई मार्क्स र लेनिनका पालादेखि नै हुँदै आएको उनले बताए।

उनले कम्युनिष्ट पार्टीको स्थापना भएपछि जनवादी क्रान्तिको थालनी भएको स्पष्ट पारे। ‘स्वरुपमा जति धेरै जनवाद जन्मिए पनि सारत: सबै जनताको बहुदलीय जनवाद हो। जबज भनेको पूँजीवादी जनवादको एउटा रूप हो। जनवादको उपयोग गर्दै समाजवादी क्रान्तिको कार्यदिशा पूरा गर्नुपर्छ।’ खनालले भने, ‘जबज मार्गदर्शन बन्न सक्दैन। मार्क्सवाद, लेनिनवाद मार्गदर्शन हो।’

उनले संविधान मार्फत जबज कार्यान्वयन भइसकेको बताए। उनले चुनावलाई कार्यनीतिक रूपमा हेर्नुपर्ने बताए। उनले पार्टीको नीतिगत मार्गदर्शन अनुरूप सरकार चल्नुपर्ने स्पष्ट पारे। उनले मार्क्सवादका सिद्धान्तलाई गहिरोसँग अध्ययन गर्न कार्यकर्तालाई आग्रह गरे।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending