Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

अब सञ्चयकोषले जग्गा खरिदका लागि सापटी दिने

खबरडबली संवाददाता

धनगढी । कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ । 

‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताउनुभयो । कोषले यसअघि सञ्चयकर्तालाई घर खरिद गर्न तथा घर निर्माणका लागि सापटी दिने गरेकोमा अव जग्गा किन्नलाई समेत रु ५० लाख सम्म सापटी दिने छ ।
  यस्तै कोषबाट प्राप्त हुने अन्य कुनै पनि सापटी उपयोग नगरेका सञ्चयकर्ताले धितोले बढीमा १५ वर्षको तलब बराबरको रकम सापटी प्राप्त गर्ने कार्यविधिमा जनाइएको छ । ब्याज दर सात दशमलब ९० प्रतिशत तोकिएको सापटीका लागि खरिद गरिने जग्गा धितो राख्नुपर्ने छ ।

हाललाई देशका मुख्य सहरी क्षेत्रमा यो सापटी लागू गर्न लागिएको जनाइएको छ । कोषको धनगढी शाखाको कार्यक्षेत्र अन्तर्गत कैलाली र कञ्चनपुरका बजार क्षेत्रमा सापटी प्रवाह गरिने धनगढी शाखाका प्रमुख केसीले जानकारी दिनुभयो । 
 
उहाँले भन्नुभयो, ‘‘सञ्चयकर्ताको मागको आधारमा तोकिएको मापदण्ड पूरा भएका अन्य क्षेत्रमा समेत क्रमशः सापटी विस्तार गर्ने योजना छ ।’’ कोषले जग्गा खरिदको लागि सापटी प्रदान गर्ने योजना गत भदौ ३१ मा सार्वजनिक गरेपनि कार्यविधि स्वीकृत नभएकोले कार्यान्वयनमा आउन सकेको थिएन । कोषले सञ्चयकर्तालाई घर निर्माण तथा घर खरिद घर मर्मत सापटी, शैक्षिक सापटी, विशेष सापटी, सरलकर्जा लगायतका सापटी समेत उपलव्ध गराउँदै आएको छ । 
 
यस्तै सामाजिक सुरक्षाका कार्यक्रमअन्तर्गत काजकिरिया खर्च, औषधि उपचार शोधभर्ना, दुर्घटना क्षतिपूर्ति, प्रसूति खर्चलगायतका शीर्षकमा सञ्चयकर्तालाई सुविधा प्रदान गरिरहेको छ । कोषमा आवद्ध सञ्चयकर्ताबाट सङ्कलन भएको स्रोतलाई उनीहरुकै हितमा परिचालन गर्ने उद्देश्यले यी सुविधा प्रदान गरिएको केसीले बताउनुभयो । कोषमा करिब ६ लाख सञ्चयकर्ता आवद्ध छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending