Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

देउवालाई फेरि नेतृत्वमा दोहोरिन सहज होला ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुन: नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। 

संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ छ ।

संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको समाचार आजको नागरिक दैनिकमा छ । 

निधि र श्रेष्ठ सभापतिको प्रतिस्पर्धामा अन्तिमसम्म मैदानमा टिकिराखे भने देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ ।

१३ औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै कृष्णप्रसाद सिटौलाले नेतृत्वमा प्रतिस्पर्धा गर्दा रामचन्द्र पौडेल कांग्रेसको मूल नेतृत्वमा पुग्न नसकेको बताउँदै देउवा निकट एक नेताले भने, ‘१४औं महाधिवेशनमा उहाँ (देउवा)ले पनि त्यही नियति भोग्नुपर्ने अवस्था आउनसक्छ ।’

नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका निधिको संस्थापन पक्षमा राम्रो पकड रहेको स्वीकार गर्दै ती नेताले भने, ‘संस्थापन इतरबाट धेरै उम्मेदवार भए पनि सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन (मत) चाहिन्छ। निधिले सभापतिमा जित्नुहुन्छ कि हुन्न थाहा छैन तर उहाँको उम्मेदवारीले देउवालाई ५१ प्रतिशत पुर्‍याउन रोक्न सक्छ।’

१३औं महाधिवेशनमा तत्कालीन महामन्त्री सिटौलाले ३२१ मत पाएका थिए। तर त्योभन्दा धेरै तत्कालीन संस्थापन पक्षमा विद्रोह भएको भन्दै पौडेलको पक्षमा वातावरण बन्न नसकेको देउवा निकट ती नेताको बुझाइ छ। 

अहिले पनि संस्थापन इतरबाट धेरै आकांक्षी देखिएका कारण देउवा नै सबैभन्दा शक्तिशाली देखिएको विश्लेषण गर्दैै ती नेताले भने, ‘संस्थापन इतरबाट एउटा मात्र उम्मेदवार हुँदा देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending