Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कांग्रेस अधिवेशन : सुर्खेतका नौवटै स्थानीय तहमा नेतृत्व चयन, को कहाँ ?

रासस

सुर्खेत । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ । 

नयाँ विधानअनुसार गाउँ/नगरमा सभापति पदका साथै दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित कार्यसमिति चयन गरिएको हो । 

क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट सुरु भएको थियो । बिहीबार सम्पन्न गाउँ/नगर अधिवेशनलगत्तै आज प्रदेशसभा क्षेत्रको अधिवेशन हुँदैछ । यहाँ प्रदेशसभाका चार निर्वाचन क्षेत्र छन् । 

कांग्रेसका सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार गुर्भाकोट नगरपालिकामा हस्तबहादुर पुन, लेकबेँसी नगरपालिकामा उमेश पौडेल, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद शर्मा, भेरीगङ्गा नगरपालिकामा रामबहादुर सिंह, बराहताल गाउँपालिकामा भीमबहादुर भण्डारी र सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत सभापति पदमा निर्वाचित भएका छन्। 

त्यस्तै, वीरेन्द्रनगरमा उपेन्द्र खड्का, पञ्चपुरी नगरपालिकामा कृपाराम थापा र चौकुने गाउँपालिकाको कार्यसमिति सभापति पदमा नरबहादुर बान्तोला निर्वाचित भए।

गुर्भाकोट र लेकबेँसी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचनमार्फत कार्यसमिति चयन गरिएको हो । प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरको अधिवेशनलाई कांगे्रस नेताहरुले विशेष महत्व दिएका थिए । 

यहाँ कूल खसेका ३४९ मतमध्ये सभापतिमा विजयी उपेन्द्र खड्काले १९९ र उहाँका प्रतिस्पर्धी नारायणकुमार कोइरालाले १४७ मत ल्याएका थिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending