Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

कुनै पनि इन्टरनेट कम्पनीले गरेनन् पोल भाडा सम्झौताः बढेको मूल्य फिर्ता लिन सेवाप्रदायक कम्पनीको माँग

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा सम्झौता नगरेको जनाएको छ । 

तोकिएको समय कात्तिक मसान्तसम्म कुनै पनि सेवा प्रदायक कम्पनी पोलभाडा सम्झौताका लागि नआएको प्राधिकरणले जनाएको छ ।

लामो समयको विवादपछि प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पोल भाडा सम्झौताका लागि कात्तिक मसान्तसम्मको समय दिइएको थियो । तोकिएको समयमा प्राधिकरणले भनेअनुरुप कुनै पनि सेवाप्रदायक कम्पनीले पोल भाडा सम्झौता गर्न नआएको प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

उनका अनुसार पोल भाडा सम्झौता नै नगरी केही कम्पनीले बक्यौता रकम खातामा जम्मा गरेको पाइएको छ । “दुई चारवटा कम्पनीले पोल भाडा सम्झौता नै नगरी हाम्रो खातामा पैसा जम्मा गरेको देखिएको छ, त्यसलाई हामीले मान्दैनौँ”, उनले भने, “हामीले उनीहरुको वास्तविक संरचना कति छ, ती कुराका आधारमा सम्झौता गरेपछि मात्र पैसा लिने हो । सम्झौता नै नगरी पैसा खातामा राखेर सेवाप्रदायक कम्पनी उम्किन खोजेको देखिन्छ, त्यसलाई हामीले मान्दैनौँ ।”

उनले पोल भाडा सम्झौताका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीले बेवास्ता गरेपछि नियामक निकायका रुपमा रहेको विद्युत् प्राधिकरणसँग छलफल गरी निष्कर्ष निकालिने जानकारी दिए। प्राधिकरणको तथ्याङ्कअनुसार डिसहोम, एनसेल, सिजी र केही मात्रामा नेपाल टेलिकमबाहेक अन्य सेवाप्रदायक कम्पनीले पोल भाडा रकम भुक्तानी गरेका छैनन् । अन्य कम्पनीको तुलनामा एनसेलले नियमित जस्तै रकम बुझाउने गरेको जनाइएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीका रुपमा दूरसञ्चार प्राधिकरणबाट १३३ वटा कम्पनीले इजाजत लिएका छन् ।

रकम भुक्तानी गरिसकेका छौँः आइस्पान

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणलाई पुरानो बक्यौता रकम भुक्तानी गरिसकेको जानकारी दिए । “सेवा प्रदायक कम्पनीले पोल प्रयोग गरेको रकम भुक्तानी गरेनन् भन्ने हामीलाई आरोप लगाइएको थियो । अहिले अधिकांश सेवा प्रदायक कम्पनीले पुरानो बक्यौता रकम भुक्तानी गरिसकेको भन्ने जानकारी आएको छ”, उनले भने, “बक्यौता रकम भुक्तानीसँगै हामीले विद्युत् प्राधिकरणलाई पोल प्रयोगको विषयमा जानकारी गराइसकेका छौँ ।”

उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले सम्बन्धित वितरण केन्द्रमा पोल प्रयोगको विषयमा जानकारी गराएको बताए । उनले विद्युत् प्राधिकरणले किलोमिटरका आधारमा पोल भाडा सम्झौता गर्नुपर्ने सर्त राखेको भन्दै सेवासम्झौता नगर्ने अडान राखे। “जबसम्म पोल भाडा विवादको सम्बन्धमा गठन गरिएको समितिले प्रतिवेदन बुझाउँदैन, तबसम्म हामी किलोमिटरका आधारमा पोल भाडा सम्झौता गर्न तयार हुँदैनौँ,” उनले भने।

प्राधिकरणले २०७७ मा काठमाडौँ लगायतका सहरी क्षेत्रमा दोब्बर र ग्रामीण भेगमा आठ गुणाभन्दा बढीले पोलको भाडा बढाएको भन्दै सेवाप्रदायक कम्पनीहरुले बढेको मूल्य फिर्ताको माग गर्दै आएका छन् । बढेको मूल्य फिर्ता नहुँदासम्म बक्यौता रकम भुक्तानी नगर्ने सेवाप्रदायक कम्पनीले अडान राख्दा विद्युत् प्राधिकरणले इन्टरनेटको तारसमेत काटेको थियो । पटक÷पटक सूचना प्रकाशन गरी बक्यौता रकम भुक्तानी गर्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै प्राधिकरणले इन्टरनेटको तार काटेको थियो ।

इन्टरनेटको तार काटिएपछि पोल भाडा विवादलाई दीर्घकालीन समाधान गर्न सञ्चार मन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । सो समितिलाई पोल भाडा विवाद समाधानका लागि मङ्सिर १५ गतेसम्म प्रतिवेदन बुझाउने समय दिइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काममा आलटाल गरेको भन्दै डिभिजन वन कार्यालयमा तोडफोड

रौतहट। रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय सम...

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending