महाधिवेशन प्रतिनिधिमा केन्द्रीय सदस्य सहित मुश्किलले ५० जना पुगनपुग मात्रै समेटिएपछि एमालेबाट बडारिने डरले पुर्व माओवादीहरुलाई सताएको छ
काठमाडौं । पार्टी विभाजनसँगै एमालेका ओलीसँग लागेका माओवादीका २३ केन्द्रीय सदस्य लगायतलाई एमालेको दशौं महाधिवेशनमा बडारिने भयले गाजेको छ ।
अदालतको फैसलाले गराइदिएको विभाजनताका माओवादीबाट एमालेमा लागेका राम बहादुर थापालाई ओलीले आफुपछिको बरिष्ठ उपाध्यक्ष, अरु केहीलाई उपाध्यक्ष, सचिव लगायतका पद दिने पुर्व सहमतिबाट पार्टी अध्भ्यक्ष केपी ओली पछि हटेको अनुमान गर्न थालेका छन् ।
थापासँगै एमाले प्रवेश गरेका टोप बहादुर रायमाझि, लेखराज भट्ट, मणी थापा, प्रभु शाह लगायतका २३ केन्द्रीय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि छानिएपनि पुर्व सहमतिअनुसार अन्य प्रतिनिधिहरु प्रतिनिधि नबनाइएपछि उनीहरु रुष्ट छन् ।
ओलीले एक निर्बाचन क्षेत्रमा कम्तीमा १ र जनवर्गिय संगठन लगायतमा केही प्रतिनिधिको व्यवस्था गर्ने सहमति गरेको बताइन्छ । तर महाधिवेशन प्रतिनिधिमा केन्द्रीय सदस्य सहित मुश्किलले ५० जना पुगनपुग मात्रै समेटिएपछि एमालेबाट बडारिने डरले पुर्व माओवादीहरुलाई सताएको छ ।
माओवादीबाट एमाले प्रवेश गरेका स्थायी समितिका पुर्व नेताहरु आफ्नै लागि पदको खोजीमा लागेपछि उनीहरुसँगै एमालेमा प्रवेश गरेका तल्ला तहका कार्यकर्ता विलखबन्दमा परेका छन् । उनीहरु अहिले निराश र हतास मानसिकतामा रहेको बताइन्छ । उनीहरु अहिले ‘नखाउँ दिनभरीको शिकार, खाउँ कान्छाबाउको अनुहार’ को हालतमा पुगेका छन् । पुर्व माओवादीका एक नेताले भने, –‘मुल घर छोडेर अर्कोको घर पसेका हाम्रो हालत यस्तै हुनुथ्यो, भयो ।’
उता ओलीलाई पनि माओवादी नेताहरु गलपासो बनिरहेको उच्च स्रोतले बतायो । चितवनमा आयोजित दशौं महाधिवेशनबाट अध्यक्षमा आफु सर्वसम्बत हुने देखिएपनि वरिष्ठ उपाध्यक्ष र महासचिवका आकांक्षी धेरै देखिरहेका बेला ओलीलाई माओवादी नेताहरु गलपासो हुन पुगेका हुन् । थापाले पुर्वसहमति भन्दै वरिष्ठ उपाध्यक्षमा दावी गरेका छन् । एमालेकै पुर्व महासचिव इशवर पोखरेल र सुवास नेम्वाङ्को दावी पनि वरिष्ठ उपाध्यक्षमै रहेको बताइन्छ ।
एमालेमा अध्यक्ष केपी ओलीको विकल्प नभएपनि अन्य १४ पदाधिकारीमा भने झण्डै दोब्बर नेताहरु आकाक्षि छन् । यसको व्यवस्थापनको जिम्मा एमाले र ओलीलाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...



प्रतिकृया लेख्नुहोस्: