Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

जलवायु परिवर्तनका कारण सिर्जित सङ्कटप्रति राष्ट्रपति चिन्तित

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गरेका छन् । 

पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण विश्व नै सङ्कटतर्फ धकेलिएको बताइन् । उनले भनिन्, “जलवायु परिवर्तनबाट सिर्जित समस्याको सामना गरिरहनुपर्ने अवस्थामा छौँ । जलवायु परिवर्तनका कारण सिर्जित समस्याको असर हामीले भोगिरहेका छौँ । विश्वको जलवायु परिवर्तनको सङ्कटको धक्का हामीलाई पनि लागेको छ”, 
 
काठमाडाँै विश्वकै उत्कृष्ट सांस्कृतिक नगरका रुपमासमेत चिनिएको भए पनि धुवाँधुलोका कारणले गर्दा प्रदूषण फैलिएर यहाँको जनस्वास्थ्यमा गम्भीर क्षति पु¥याइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले यसबाट बच्नका लागि पर्यावरणलाई स्वच्छ र सन्तुलित कायम राख्नुपर्नेमा जोड दिइन्। राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर रोक्न अनूकलनका औजार तथा साधनको प्रयोग गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।
 
उनले काठमाडौँ उपत्यकामा इँटाभट्टा र पेट्रोलियम सवारीका कारण प्रदूषण बढेको भन्दै धेरै प्राकृतिक ऊर्जाको प्रयोग हुने क्षेत्रमा विद्युत्को प्रयोग गर्न सकिए प्रदूषण र व्यापार घाटा कम हुने बताइन् । “वायु प्रदूषणको असर कम गर्न विद्यमान यातायात व्यवस्थालाई विद्युतीय यातायातमा रुपान्तरण गर्नुपर्छ”, उनले भनिन्, “काठमाडौं उपत्यकामा मात्र विद्युतीय सवारी सञ्चालनको व्यवस्था गर्न सकिए यहाँका वातावरण स्वच्छ हुन्छ, पेट्रोलियम पदार्थको आयातका कारण थपिएको बोझ कम हुन्छ, यसबाट वायुप्रदूषण कम हुने मात्र नभई व्यापार घाटा सन्तुलनमा ल्याउन पनि बल पुग्छ ।”

राष्ट्रपति भण्डारीले आयात वृद्धिसँगै दिन प्रतिदिन मुलुकको व्यापार घाटा बढिरहेकामा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्न जरुरी रहेको बताइन् । नेपालमा रहेको स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डारलाई आत्मनिर्भरताका लागि प्रयोग गर्न सुझाव दिदैं उनले नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य र वनजन्य उत्पादनमा हामी आत्मनिर्भर हुन नसक्दा मुलुकले ठूलो व्यापार घाटा व्यहोर्नुपरेको बताइन् । 

“प्रकृतिक सम्पदा र स्रोतले भरिपूर्ण देश भएर पनि हामीले त्यसलाई राष्ट्रको सम्मुन्नति र जनजीवनको समृद्धिका लागि आवश्यकताअनुसार प्रयोग गर्न नसक्दा चुलिएको व्यापार घाटाको अवस्थाले गर्दा हामी परनिर्भरतातर्फ गइरहेको छौँ”, उनले भनिन्, “मुलुकको विकासका लागि आत्मनिर्भरतामा ध्यान दिनुपर्छ, आत्मनिर्भर हुनसक्ने हामीसँग पर्याप्तमात्रामा स्रोत र साधन छन् ।”
  
राष्ट्रपति भण्डारीले मुलुकको समृद्धिमा स्थानीय साधन स्रोतको उचित प्रयोग गर्नुपर्नेमा जोड दिँदै आत्मनिर्भरतामार्फत परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने बताइन्। “परनिर्भरतालाई कम गर्दै लैजान हामीसँग भएका स्रोतसाधनको प्रयोग गर्नुपर्दछ”, उनले भनिन् “मुलुकमा विद्युत् उत्पादन बढिरहेको छ, तर हामीले पर्याप्त प्रयोग गर्न सकेका छैनौँ ।” विद्युत्को आन्तरिक खपत बढाउन पर्याप्त पूर्वाधार नरहेको भन्दै उहाँले स्वदेशमै उत्पादित विद्युत्को प्रयोग गरेर वायु प्रदूषण र व्यापार घाटा कम गराउन सकिने बताउनुभयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ । ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित ...

कुपोषण हटाउन सबैको हातेमालो आवश्यक : मुख्यमन्त्री शाह

कैलाली.। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरुको हातेमालो अवश्यक रहेको बताएको छन् । वर्...

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

काठमाडौँ । मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । अब लेबनानको राजधानी...

वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्ताबेज होः परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै...

भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका  उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । ...

१६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएका छन् । ...

रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै

काठमाडौँ। रसियाकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्ने भएको छिन् ।  गण्डकीले आफ्नो तेस्रो विदेशी ख...

कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एकजना पक्राउ

नवलपुर । नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोक...

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी। अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

बागमती प्रदेश सरकारद्वारा पलेशालाई दश लाखसहित सम्मान

हेटौँडा । बागमती प्रदेश सरकारले पेरिस २०२४ पारा ओलम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई सम्मान गरेको छ । संविधान दिवस तथा राष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy