Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

खबरडबली संवाददाता

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले मतदान पुन: सञ्चालन हुन ढिलाइ भएको हो।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार लुटिएको क्रममा हराएका मतपत्रको खोजी जारी छ। उनका अनुसार करिब ५४/५५ वटा मतपत्र हराएकोमा हालसम्म ४४ वटा मात्र फेला परेका छन्।

मतपत्र लुट्ने क्रममा विभिन्न दलका प्रतिनिधिबीच विवाद बढ्दै जाँदा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातसमेत भएको थियो। स्थिति नियन्त्रण बाहिर जाने संकेत देखिएपछि बिहान करिब ११ बजेतिर प्रहरीले हवाई फायरसमेत गरेको थियो।

आलेका अनुसार अहिले उक्त मतदान केन्द्रमा मत हाल्न आएका मतदाता र दलका कार्यकर्ताहरू पनि फर्किसकेका छन्। ‘मत हाल्न लाइनमा बसेका मतदाता र दलका कार्यकर्ताहरू अहिले मतदान स्थलमा छैनन् भन्ने जानकारी आएको छ,’ उनले भने, ‘अब जिल्ला सुरक्षा समन्वय समितिको बैठकले आगामी निर्णय गर्नेछ।’

यसैबीच, दिउँसो अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले केही बुथ एजेन्टलाई नियन्त्रणमा लिएको थियो। तामाकोशी–४ का यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ र अर्जुन योगीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

तर स्थानीय प्रशासनले भने मतपत्र लुटपाट सुरु भएपछि बुथ एजेन्टहरूलाई सुरक्षित स्थानमा राखिएको जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईविरुद्ध टी–२०आई शृंखला: दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (नेपाल क्रिकेट संघ) ले यूएईसँग आगामी सोमबार र मंगलबार हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।...

सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते

गाईघाट। उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।...

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् । बिहीबार साँझ करिब ७ ब...

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो ।  नेपाल सुनचाँदी व्यव...

विशेष महाधिवेशन विवादमा आज सर्वोच्चमा विपक्षीको बहस, विश्वप्रकाशले पनि बहस गर्ने

काठमाडौं । नेपाली कांग्रेस भित्रको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालत मा आज विपक्षी पक्षको बहस हुने भएको छ। पार्टीका उपसभापति विश्वप्रकाश...

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...

कालीगण्डकीमा हस्तक्षेप रोक्न ब्यानर प्रदर्शन

बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...

मेसको छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending