काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छन् ।
गृहमन्त्री अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेलगत्तै सुरक्षा निकायका प्रमुखसहित काठमाडौँ र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेको हो। उनले सो क्रममा मतदातासँग दोहोरो कुराकानीसमेत गरे। निरीक्षणका क्रममा मतदाताले गृहमन्त्री अर्यालको प्रशंसा गर्दै बधाई दिएका थिए। केही मतदाताले अँगालो हालेर खुसी आदानप्रदान गरे। मन्त्री अर्यालले पनि मतदातासँग सौहार्दपूर्ण कुराकानी गर्दै मतदान स्थलहरूको समग्र अवस्थाबारे मतदान अधिकृत र सुरक्षा निकायबाट जानकारी लिएको थिए।
टोलीले ललितपुरको सानेपास्थित टीका विद्याश्रम मावि, काठमाडौँको तारकेश्वरस्थित नागार्जुन मावि र पृथ्वीनारायण मावि तथा बालुवाटारको पञ्चकन्या आधारभूत विद्यालयको निरीक्षण गरेको थियो।
अनुगमनमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसी र गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेलगायत सहभागी थिए।
अनुगमनकै क्रममा गृहमन्त्री अर्यालले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलको निरीक्षण गरे। मतदान स्थल अनुगमनका क्रममा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा भइरहेको बताए। उनले छिटफुट घटनाबाहेक देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको उल्लेख गरे।
अनुगमनपछि गृहमन्त्री अर्यालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ब्रिफिङ गरेको थिए। निर्वाचन सुरक्षाको सन्दर्भमा मन्त्री अर्यालले गृह मन्त्रालयबाट सबै निर्वाचन क्षेत्रको निरन्तर अनुगमन गरिरहेको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १२:२७
स्याङ्जा । भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बिमा गर्न थालेको छ । यह...
बैशाख ४ गते, २०८३ - १२:१८
काठमाडौं । नेपाल क्रिकेट संघ (नेपाल क्रिकेट संघ) ले यूएईसँग आगामी सोमबार र मंगलबार हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।...
बैशाख ४ गते, २०८३ - १२:०६
गाईघाट। उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।...
बैशाख ४ गते, २०८३ - ११:२५
अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् । बिहीबार साँझ करिब ७ ब...
बैशाख ४ गते, २०८३ - ११:१६
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो । नेपाल सुनचाँदी व्यव...
बैशाख ४ गते, २०८३ - ११:००
काठमाडौं । नेपाली कांग्रेस भित्रको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालत मा आज विपक्षी पक्षको बहस हुने भएको छ। पार्टीका उपसभापति विश्वप्रकाश...
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...


प्रतिकृया लेख्नुहोस्: