सङ्खुवासभा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन ल्याउने बताएका छन् । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज जनता समाजवादी पार्टी ९जसपा०ले आयोजना गरेको पत्रकार भेटघाटमा सङ्घीय मामिलामन्त्री श्रेष्ठले सङ्घीय निजामती ऐन अध्यादेशमार्फत ल्याउन लागिएको बताए ।
राजनीतिक गतिरोधका कारण राज्य व्यवस्था समितिबाट पास भएर संसद्मा गएको लामो समयसम्म पनि अघि बढ्न नसेको मन्त्री श्रेष्ठले बताए । निजामती ऐन संसद्मै छलफल गरेर ल्याउन पटक–पटक प्रयास गरिएको भए पनि दलहरूको खिचातानीका कारण सम्भव नभएको उनको भनाइ छ ।
कार्यक्रममा मन्त्री श्रेष्ठले भने, “मन्त्रालयको पुनर्संरचना गर्न कर्मचारी अभाव हुँदा प्रदेश तथा स्थानीय तहले ठूलो समस्या झेलिरहेका छन्् । ऐन बन्न नसक्दा अहिले प्रशासनिक क्षेत्रमा ४० प्रतिशत र प्राविधिक क्षेमा ६० प्रतिशत कर्मचारी अभाव छ ।” अध्यादेश आएपछि कर्मचारीभित्र देखिएका गतिरोध अन्त्य हुनेमा आफू ढुक्क रहेको मन्त्री श्रेष्ठले बताए।
‘गठबन्धन चुनावसम्म रहन्छ’
अहिलेको गठबन्धन चुनावसम्म रहने सङ्घीय मामिलामन्त्री श्रेष्ठले बताए। गठबन्धनलाई उच्चस्तरीय संयन्त्र बनाएर चुनावसम्म सँगै जाने बताउँदै उनले अहिलेको स्थितिमा गठबन्धन चुनावसम्म जानुपर्ने अवस्था रहेको बताए। मन्त्री श्रेष्ठले गठबन्धन सरकारले साझा नीति कार्यक्रम, मन्त्रीहरूको आचारसंहिता बनाउँदै काम गरिहेको स्मरणसमेत गराए । तत्कालीन अवस्थामा नेकपा ९एमाले०सँग चुनावी तालमेल हुने अवस्था नभएका कारण पनि गठबन्धन चुनावसम्म जाने मन्त्री श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
फाल्गुन २१ गते, २०८२ - १७:०५
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
फाल्गुन २१ गते, २०८२ - १६:५९
काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...
फाल्गुन २१ गते, २०८२ - १६:५१
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
फाल्गुन २१ गते, २०८२ - १६:३९
फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...
फाल्गुन २१ गते, २०८२ - १६:३४
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
फाल्गुन २१ गते, २०८२ - १६:३०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...
फाल्गुन २१ गते, २०८२ - १६:२३
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...



प्रतिकृया लेख्नुहोस्: