Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

माओवादी केन्द्रको कञ्चनपुर, कालीकोट र खोटाङमा नयाँ नेतृत्व चयन

खबरडबली संवाददाता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनअन्तर्गत कञ्चनपुरका नौ स्थानीय तहका ९२ वटा वडामध्ये ३६ वडामा नयाँ नेतृत्व चयन गरिएको छ । 
 
शनिबारदेखि वडामा सुरु भएको सम्मेलनमा सहमतिका आधारमा नयाँ नेतृत्व चयन भएका हुन् । पार्टीका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार पुर्नर्वास नगरपालिकाका–७ र ८ बेलौरी नगरपालिका– २ र ३ बेलडाँडी गाउँपालिका–४ र २ लालझाडी गाउँपालिका–२ कृष्णपुर नगरपालिकाका–२, ३, ४, ५, ६, ७, ८ र ९ मा वडा सम्मेलनबाट नयाँ नेतृत्व चयन भएका छन् । 
 
यसैगरी शुक्लाफाँटा नगरपालिकामा वडा नं १, ४, ५, ८, १० र १२ बेदकोट नगरपालिकाको वडा नं २, ६ र १० भीमदत्त नगरपालिकाको वडा नं २, ३, ७, ८, ९, ११, १५ र १९ र दोधारा–चाँदनी नगरपालिकाको वडा नं ८ र १० मा वडा सम्मेलनबाट नयाँ नेतृत्व चयन भएका छन् ।
 
“नयाँ नेतृत्वमा महिला, दलित, जनजातिलगायत सबै वर्गको सहभागिता सुनिश्चित गरिएको छ”, नेता भट्टले भने, “वडाको नयाँ नेतृत्वमा कम्तीमा २७ जनादेखि ३५ जनासम्मको कमिटी चयन गरिएको छ ।”
 
बेलौरी नगरपालिका वडा नं १ मा सहमति जुट्न नसक्दा वडा सम्मेलन स्थगित गरिएको छ । सहमतिका आधारमा नयाँ नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । वडा सम्मेलन हुन बाँकी रहेका ५६ वडामा आइतबारदेखि निर्धारित समयभित्रै सम्मेलन सम्पन्न गरिसक्ने नेता भट्टले बताए ।
 
वडा सम्मेलनका लागि नौवटै स्थानिय तहका प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरिएको छ । सहमति हुन नसकेका वडामा मात्रै निर्वाचन प्रक्रियामार्फत पदाधिकारी चयन हुने भएका छन् । आगामी पुस ११ गतेदेखि १३ पुससम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने समय तय गरिएको छ । 
 
कालीकोटका सबै वडामा सम्मेलन 
 
कालीकोट जिल्लाका सबै वडामा नेकपा(माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । माओवादीले वडामा नयाँ नेतृत्व चयन गर्दै वडा सम्मेलन सम्पन्न गरेको हो । 
 
जिल्लाका नौ  स्थानीय तहका ८२ वडामा नयाँ नेतृत्व चयन गर्दै वडा सम्मेलन सम्पन्न भएको जिल्ला अध्यक्ष धनजीत शाहीले जानकारी दिए । 
 
“पार्टी केन्द्रले तोकेअनुसार नै शनिबार सबै वडामा वडा सम्मेलन सम्पन्न भएको छ”, उनले भने, “८२ वटा वडामा कुनैमा पनि निर्वाचन भएन । सबैमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।”
 
पार्टीको विधानअनुसार वडा सम्मेलनमा महिला, दलित र युवाको सहभागिता गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । “हरेक कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र १५ प्रतिशत दलित सहभागिता रहेको छ ।” उहाँले भन्नुभयो, “त्यही आधारमा नेतृत्वमा सहभागिता रहेको छ ।”
 
त्यस्तै मङ्सिर ११ गते स्थानीय तहका पालिका सम्मेलन हुने अध्यक्ष शाहीले जानकारी दिनुभयो । “पालिकास्तरमा पनि हामी सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी रहेको छ”, उहाँले भन्नुभयो, “कुनै तहमा पनि चुनाव नगरेर सर्वसम्मत नेतृत्व चयनमा ध्यान दिइएको छ ।”
 
खोटाङका ६० वडामा माओवादीको नेतृत्व 
 
नेकपा (माओवादी केन्द्र) खोटाङले जिल्लाको ७९ वडामध्ये शनिबार आयोजित वडा अधिवेशनमार्फत ६० वडामा नयाँ नेतृत्व चयन गरेको छ । 
 
माओवादी केन्द्र खोटाङले वडा अधिवेशन सम्पन्न गरिएका जिल्लाका ६० वटै वडामा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको हो । 
 
जिल्लाका सबै वडामा शनिबार एकैसाथ वडा अधिवेशन सम्पन्न गर्ने भनिए पनि सम्बन्धित वडाका नेता तथा कार्यकर्ताको आफन्तको मृत्यु, विवाह, छेवर (ब्रतबन्ध) लगायतका कारण १९ वडामा स्थगित गरिएको माओवादीका जिल्लाका जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले जानकारी दिनुभयो । 
 
“शनिबार १९ वडाबाहेक अन्य सबैमा सर्वसहत नयाँ नेतृत्व चयन गरिएको छ”, उनले भने, “नेताहरुको आफन्तको मृत्यु, विवाह, छेवरलगायतका कारण स्थगित गरिएका बाँकी १९ वटै वडामा आगामी मङ्सिर–९ गतेभित्रै अधिवेशन सम्पन्न गरिनेछ ।”
 
वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित हरेक वडामा २९ सदस्यीय वडा समिति चयन गरेको जनाइएको छ । अधिवेशन सम्पन्न भएका वडामा ३५ प्रतिशत महिला र दश प्रतिशत दलितको प्रतिनिधित्व अनिवार्य गरिएको उहाँले जानकारी दिए ।
 
दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा माओवादीका दुई हजार २९१ जना नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउनेछन् । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित मुलुकभर माओवादीको वडा अधिवेशन आयोजना गरिएको हो । 
 
माओवादीले देशभर शनिबार एकैसाथ आयोजना गरेको वडा अधिवेशनको अवसर पारेर जिल्लाका विभिन्न ठाउँबाट अन्य पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेशसमेत गराएका छन् । 
 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा जनता समाजवादी पार्टी नेपालका वडाध्यक्ष वुद्धिराज राईसहित १४ जना र नेकपा एमालेका कमला बुढाथोकीसहित २३ जनालाई प्रवेश गराइएको युवा नेता मिलनचन्द्र राईले जानकारी दिए । 
 
माओवादी केन्द्रले यही मङ्िसर ११ गते पालिका, २५ गते प्रदेश तथा पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ । जिल्लामा पाँच हजार ९९५ जना सङ्गठित सदस्य र साढे पाँच हजारभन्दा बढी साधारण सदस्य रहेको जिल्ला संयोजक पृथ्वीले जानकारी दिए । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनकुटाका ६ क्याम्पसमा सर्वसंवत नेतृत्व चयन

हिले । धनकुटाका ६ वटा क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठनहरुले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन हुने सहमति गरेका छन् । सहमति अनुसार धनकुटा बहुमु...

मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (सूचीसहित)

जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने निर्णय

सेन्सरले फिल्म ‘राजागंज’ रोकेपछि दीपकराज र निश्चलको विरोध

आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् हाम्रो नेपालमा

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित- अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हु...

चार देशीय सिरिजमा नेपालको तेस्रो हार

काठमाडौँ । नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा तेस्रो हार बेहोरेको छ । बुधबार सम्पन्न नामिबियासँगको खेलमा नेपाल २३ ...

दोहोरो अंकले बढ्यो नेप्से, ८ अर्ब २३ करोडको करोडको कारोबार

काठमाडौँ । लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक (नेप्से)आज बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १७.२८ अंकले घटेको हो । योसँगै बजार परिस...

पीएम कप: सुदूरपश्चिममाथि आर्मीको सहज जित

काठमाडौँ । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले सुदूरपश्च...

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

काठमाडौँ । नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई केन...

बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश र स्थानीय तहलाई दिन सकिँदैन : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई दिन नसकिने बताएको छन । बुधबा...

गलत रकम लेखिएकै आधारमा चेक अनादर मुद्दा दर्ता हुँदैनः उपाध्यक्ष श्रेष्ठ

काटमाठौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएको छन । बुधबार ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy