Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

कम्युनिस्टभित्र ओली ‘भिलेन’को रुपमा देखापरेपछि दुःख पाइयो : प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीभित्र भिलेनका रुपमा एमाले अध्यक्ष केपी ओली देखा परेको बताएका छन् ।

सोमबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु एक भएपछि धेरै ठुलो स्थिरता, समृद्धि होला र सुकुम्वासी समस्या पनि समाधान गर्न सकिएला भन्ने सपना देखेर पार्टी एकता गरेपनि त्यो हुन नपाएको बताए ।

‘सपना त धेरै ठुलो देखेको हो, तर कम्युनिस्टभित्र एउटा भिलेन देखापरेपछि दुःख पाइयो’, प्रचण्डको भनाइ छ । 

कार्यक्रममा उनले ८/१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ती ल्याउने बताए । यसलाई देशव्यापीरुपमा बिस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । नारायणी नदी तटबन्धन गरेर हजारौँ बिघा जमिन संरक्षण गर्न सकिने भन्दै उनले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताए ।  

भरतपुर महानगरमा भएको विमानस्थल बिस्तारको काम अघि बढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि बढाइएको, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, निस्सा र स्थानान्तरणको प्रक्रिया अघि बढेको, रिङरोड र लिङ्क रोडको काम अघि वढेको भन्दै देशकै नमूनाका रुपमा भरतपुरमा विकास गति लिएको उन्को भनाइ थियो ।

आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन र सहयोगका लागि उहाँले उपस्थित मन्त्री, सचिव र महानिर्देशकसँग अनुरोध गर्नुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई किसानसँग जोडेर काम गर्न उहाँले सुझाव दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी विभागको निर्देशन: सञ्चालकले एक भन्दा बढी संस्थामा पद सम्हाल्न नपाइने

काठमाडौं। सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद सम्हाल्न नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। यसका अनुसार, प्रत्येक व्यक...

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै रहेको बताएको छिन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दि...

अब साढे तीन वर्ष सरकारसँग मिलेर उत्कृष्ट नतिजा दिनेछु : निर्देशक शाक्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग सहकार्य गर्दै प्रभावकारी नतिजा दिने प्रतिव...

शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन आह्वान, परेन निवेदन

हुम्ला। जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको स...

सर्वोच्चको परमादेशपछि हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले औपचारिक रूपमा कार्यभार सम...

काठमाडौं–४ बाट गगन थापाको सर्वसम्मत एकल सिफारिस

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ। प्रतिनिधिस...

नेता चन्द्र भण्डारीले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। भण्डारीले सामाजिक सञ...

हिउँदे याम सुरु भएसँगै कैलालीमा बाक्लो हुस्सु

धनगढी। कैलालीमा बाक्लो हुस्सु लाग्न थालेको छ । हिउँदे याम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्न थालेको हो । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका ...

काममा आलटाल गरेको भन्दै डिभिजन वन कार्यालयमा तोडफोड

रौतहट। रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय सम...

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending