काठमाडौं । चितवनमा हुन गइरहेको नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो ।
यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलका अनुसार महाविधेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप जनशक्ति परिचालन गर्ने गरी सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
यही मङ्सिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरी थप ट्राफिक प्रहरी परिचालन गर्ने तय भएको उनले भने। महाधिवेशनमा यातायात सहज बनाउन गृहकार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगवानराज थापाले बताए । जिल्लामा हाल ४० ट्राफिक प्रहरी परिचालित गरिएको छ ।
महाधिवेशनमा भाग लिन पश्चिमका जिल्लाबाट आउने सवारीसाधनलाई नवलपरासीको गैँडाकोटमा, पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बस टर्मिनललगायत ठाउँमा नारायणगढ–मुग्लिन सडक हुँदै आउने सवारीसाधनलाई नेपाल ट्रष्टको कार्यालय, पश्चिम चितवन क्षेत्रबाट आउने सवारीसाधनलाई बेलचोक क्षेत्र र वागिश्वरीमा तथा चितवनकै कालिका नगरपालिकासहितका स्थानबाट आउने सवारीसाधनलाई वीरेन्द्र क्याम्पसको नौ बिघा चौरमा व्यवस्थापन गरिँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १२:५८
काठमाडौं। सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद सम्हाल्न नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। यसका अनुसार, प्रत्येक व्यक...
मंसिर २५ गते, २०८२ - १२:३०
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै रहेको बताएको छिन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दि...
मंसिर २५ गते, २०८२ - ११:५६
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग सहकार्य गर्दै प्रभावकारी नतिजा दिने प्रतिव...
मंसिर २५ गते, २०८२ - ११:३५
हुम्ला। जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको स...
मंसिर २५ गते, २०८२ - ११:२२
काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले औपचारिक रूपमा कार्यभार सम...
मंसिर २५ गते, २०८२ - ११:०७
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ। प्रतिनिधिस...
मंसिर २५ गते, २०८२ - १०:५२
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। भण्डारीले सामाजिक सञ...
मंसिर २५ गते, २०८२ - १०:४४
धनगढी। कैलालीमा बाक्लो हुस्सु लाग्न थालेको छ । हिउँदे याम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्न थालेको हो । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका ...
मंसिर २५ गते, २०८२ - १०:३४
रौतहट। रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय सम...
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...




प्रतिकृया लेख्नुहोस्: