संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्यांक पत्ता लागेको भन्दै यसबाट सुरक्षित रहन आग्रह गरेका छन् ।महासचिव गुटर्रेसले यस दुर्घटनाबाट बच्नका लागि विशेष सतर्कता अपनाउनका लागि आग्रह गरेको हो । उनले भनेका छन्– विश्वमा हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको ज्यान जाने गरेको छ । त्यसैले यस्तो दुर्घटनाबाट बाच्नका लागि विश्वका देशहरुले विशेष सतर्कता अपनाउनुपर्छ, विशेष खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।
विश्व सडक दुर्घटना विरुद्धको दिन २१ नोभेम्बरका दिन दिएको एक सन्देशमा महासचिव गुटर्रेसले सो आग्रह गरेको हो । उनले सडक दुर्घटनाबाट हुने मृत्यु तथा गम्भीर प्रकृतिको घाइते हुने अवस्थाबाट बच्नका लागि जोखिमपूर्ण अवस्थामा रहेका बाटोहरुको सुधार गर्ने र सडक दुर्घटनाबाट बाँच्नका लागि सवारी साधनमा यात्रा गर्ने व्यक्तिहरु तथा बटुवाहरुलाई पनि आवश्यक मात्रामा सचेतना प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्न महासचिव गुटर्रेसले आग्रह गरेको हो । यस्तो सडक दुर्घटनाबाट प्रत्येक वर्ष ज्यान जाने नागरिकको संख्या बढ्दै गएकाले यसतर्फ आफ्ना कार्यक्रमहरु लक्षित गर्न उहाँले विश्वका देशहरुलाई आग्रह गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १२:५८
काठमाडौं। सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद सम्हाल्न नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। यसका अनुसार, प्रत्येक व्यक...
मंसिर २५ गते, २०८२ - १२:३०
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै रहेको बताएको छिन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दि...
मंसिर २५ गते, २०८२ - ११:५६
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग सहकार्य गर्दै प्रभावकारी नतिजा दिने प्रतिव...
मंसिर २५ गते, २०८२ - ११:३५
हुम्ला। जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको स...
मंसिर २५ गते, २०८२ - ११:२२
काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले औपचारिक रूपमा कार्यभार सम...
मंसिर २५ गते, २०८२ - ११:०७
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ। प्रतिनिधिस...
मंसिर २५ गते, २०८२ - १०:५२
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। भण्डारीले सामाजिक सञ...
मंसिर २५ गते, २०८२ - १०:४४
धनगढी। कैलालीमा बाक्लो हुस्सु लाग्न थालेको छ । हिउँदे याम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्न थालेको हो । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका ...
मंसिर २५ गते, २०८२ - १०:३४
रौतहट। रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय सम...
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...




प्रतिकृया लेख्नुहोस्: