Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित

खबरडबली संवाददाता
काठमाडाै‌ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित भएका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सोमबार सम्पन्न अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार श्रेष्ठले ११९ मत प्राप्त गरी विजयी भएको हो । उनका निकटतम प्रतिद्धन्द्धी तेविन्द्र शाक्यले ४९ मत प्राप्त गरे । 
 
यस्तै, सचिवमा पुष्करराज पाण्डे र शङ्कर पुडासैनी, सहसचिवमा राज्यराज वन्त र उज्वल पनेरु विजयी भएका छन् । यस्तै, महाधिवेशन प्रतिनिधि खुला पुरुषतर्फ किरणकृष्ण जोशी, विजयगोपाल श्रेष्ठ, केदार मानन्धर, देवरत्न डङ्गोल, बुद्धिमान बलामी, रवीन्द्रलाल श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मीनारायण मानन्धर, रोमन श्रेष्ठ र धर्मरत्न पाछे विजयी भएका छन् ।
 
महाधिवेशन प्रतिनिधि खस आर्य पुरुषतर्फ राजुराज जोशी, मोहनबहादुर बस्नेत र गोविन्द पाण्डे, महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ सपना राजभण्डारी जोशी, राज्यलक्ष्मी श्रेष्ठ, सरिता श्रेष्ठ र लक्ष्मी पाण्डे निर्वाचित भएका छन्। 
 
आदिवासी जनजाती महिलातर्फ छोरी डङ्गोल र कृष्णा अमात्य, दलित प्रतिनिधिमा महेश नेपाली निर्वाचित हुनुभएको छ । यसअघि अपाङ्गता कोटामा विष्णुलाल श्रेष्ठ, खस आर्य महिला शोभा जोशी, जनजाती पुरुष सुदर्शनमान सिंह, मुस्लिम हरुण रसिद मुस्लिम, खस आर्य महिला अलिना बस्नेत र जनजाती पुरुषमा प्रचण्डदेव मानन्धर निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी विभागको निर्देशन: सञ्चालकले एक भन्दा बढी संस्थामा पद सम्हाल्न नपाइने

काठमाडौं। सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद सम्हाल्न नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। यसका अनुसार, प्रत्येक व्यक...

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै रहेको बताएको छिन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दि...

अब साढे तीन वर्ष सरकारसँग मिलेर उत्कृष्ट नतिजा दिनेछु : निर्देशक शाक्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग सहकार्य गर्दै प्रभावकारी नतिजा दिने प्रतिव...

शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन आह्वान, परेन निवेदन

हुम्ला। जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको स...

सर्वोच्चको परमादेशपछि हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले औपचारिक रूपमा कार्यभार सम...

काठमाडौं–४ बाट गगन थापाको सर्वसम्मत एकल सिफारिस

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ। प्रतिनिधिस...

नेता चन्द्र भण्डारीले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। भण्डारीले सामाजिक सञ...

हिउँदे याम सुरु भएसँगै कैलालीमा बाक्लो हुस्सु

धनगढी। कैलालीमा बाक्लो हुस्सु लाग्न थालेको छ । हिउँदे याम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्न थालेको हो । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका ...

काममा आलटाल गरेको भन्दै डिभिजन वन कार्यालयमा तोडफोड

रौतहट। रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय सम...

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending