Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

प्रधानमन्त्रीसँग युरोपेली सङ्घका उच्च अधिकारीको भेट, विकास सहायता नघट्ने

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज शिष्टाचार भेट गरेका छन । ्

त्यस अवसरमा उहाँहरूबीच नेपाल–युरोपेली सङ्घबीचको सहकार्य र साझेदारी, व्यापार, नागरिक उड्डयन सुरक्षा, जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको कार्यालयले जनाएकोछ । 

नेपाल–सङ्घ संयृुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उनी राजधानीमा छन्् । आयोगको बैठक भोलि हुँदैछ । उनले बैठकको सहअध्यक्षता गर्नेछन् । नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालले सहअध्यक्षता गर्नेछन । 

बैठकमा गत वर्ष भएको १२ बैठकका प्रगतिको समीक्षा, नेपाललाई प्राप्त विकास सहायताको प्रगति तथा त्यसका समग्र पक्षको विवेचना, कोरोना महामारीपछिको आर्थिक पुनरुत्थान, व्यापार तथा लगानी, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षण, भूकम्पपछिको पुनर्निर्माण, ग्रामीण विकास, पोषण, शिक्षा, सुशासनबारे छलफल हुनेछ । 

बैठकमा अल्पविकसित राष्ट्रबाट विकासशील मुलुकमा रुपान्तरण भई मध्यम आययुक्त नेपाल निर्माण गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सङ्घको सहायता, नवीकरणीय ऊर्जा प्रवद्र्धनमा साझेदारी बढाउने तथा लोकतन्त्रको सुदृढीकरण, विकेन्द्रीकरण, विशेष जोड दिइनेछ ।  नेपालको निर्यात व्यापार विस्तार तथा तुलनात्मक लाभका उत्पादनहरू विकासमा सघाउने, पारस्परिक राजनीतिक साझेदारी, विकास सहायता तथा मानवअधिकार, सम्पर्क सञ्जाल विस्तारलाई सरकारले बैठकको कार्यसूची बनाएको छ । 

शान्ति र स्थायित्वलाई संस्थागत गर्न नेपाल सरकारले विभिन्न अघिसारेका कार्यक्रम तथा नीतिगत व्यवस्थाबो जानकारी दिनका साथै दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा कार्यान्वयन गर्नुपर्ने दीर्घकालीन योजना र दृष्टिकोण पनि प्रस्तुत गर्नेछ । 

वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले गरेका सुधार, अघिसारेका नीतिगत योजना,सङ्क्रमणकालीन न्यायप्रतिको नेपालको अटुट प्रतिबद्धता, कोरोना महामारीका कारण केही विलम्ब भएको सहयोगका परियोजना तथा सन् २०२१ देखि २०२७ सम्मको बहुवर्षीय वित्तीय ढाँचामा सङ्घले गर्ने विकास सहायता ,आर्थिक, वित्तीय, सामाजिक तथा वातावरणीय दिगोपन,  दिगो यातायात विकास, ऊर्जा र ‘डिजिटल’ सञ्जालमा लगानी, जनस्तरको सम्पर्क विस्तारजस्ता रणनीतिक योजनाबारे  पनि गहन छलफल हुनेछ । 

युरोपेली लगानी बैंकले जलवायु परिवर्तनका कुप्रभाव घटाउन तथा भौतिक पूर्वाधार विकास र अनुकूलनमा ऋण प्रवाहमा आफूलाई केन्द्रित गर्ने विषयका साथै हालै ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा नेपालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न सङ्घबाट हुने सहयोगका विविध पक्षबारे पनि विचार आदानप्रदान हुनेछ । 

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को वर्तमान अध्यक्ष नेपालले क्षेत्रीय सहयोगका प्राथमिकताबारे आफ्ना धारणा स्पष्ट रुपमा प्रस्तुत गर्नका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) प्रक्रिया र क्षेत्रीय एकता तथा एकीकरणमा पनि जोड दिनेछ । नेपालको सामाजिक–आर्थिक विकासका निम्ति सङ्घले प्रदान गर्दै आएको सहायता रकममा खासै फेरबदल नहुने प्रायः निश्चित छ । सङ्घबाट प्रभावशाली मुलुक बेलायत बाहिरिएपछि नेपाललाई प्रदान गरिने बजेटरी व्यवस्थापनमा केही समस्या भएपनि अन्य वैकल्पिक माध्यमबाट वित्तीय सहायताले निरन्तरता पाउनेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्न विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...

अवैधरुपमा ओसारपसार गर्दै गरेको साढे चार लाखको टिमुरसहित एक पक्राउ

बर्दिया । अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडिबुटि टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा-१ चेपाङदेखि टिमुर...

एमाले केन्द्रीय नेतृत्वमा लमजुङबाट १४ बढी आकांक्षी, पृथ्वीसुब्बा गुरुङको महासचिवमा दाबी

लमजुङ। नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिएको छन...

जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस्

कीर्तिपुर । सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए ...

बुटवलमा बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । बहुविवाह मुद्दामा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रह...

सरकार र भन्सार एजेन्टबीच सहमति, देशभरका भन्सार कार्यालय सञ्चालनमा

काठमाडौँ। मङ्सिर २१ गतेबाट लागु भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् ।  भन्सार विभागका नि...

सहकारी विभागको निर्देशन: सञ्चालकले एक भन्दा बढी संस्थामा पद सम्हाल्न नपाइने

काठमाडौं। सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद सम्हाल्न नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। यसका अनुसार, प्रत्येक व्यक...

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै रहेको बताएको छिन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दि...

अब साढे तीन वर्ष सरकारसँग मिलेर उत्कृष्ट नतिजा दिनेछु : निर्देशक शाक्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग सहकार्य गर्दै प्रभावकारी नतिजा दिने प्रतिव...

शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन आह्वान, परेन निवेदन

हुम्ला। जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending