Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीद्वारा नियुक्त भएको केही घन्टामै राजीनामा

खबरडबली संवाददाता

काठमाडौं । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छन्।

म्याग्डलेना यान्डरसन प्रधानमन्त्री भएको घोषणा बुधवार गरिएको थियो। तर उनको गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिइन् र बजेट पारित हुनसकेन।

‘मैले सभामुखलाई आफूले राजीनामा गर्न चाहेको बताएकी छु’ यान्डरसनले संवाददाताहरूसँग भनिन्।

उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएकोू बजेट स्वीकार गर्न नसकेको जनाएको छ।

यान्डरसनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताइन्। ‘कुनै एक पार्टीले छोडेपछि गठबन्धन सरकारले राजीनामा दिनुपर्ने संवैधानिक अभ्यास रहेको छ’ सोसियल डेमोक्र्याट उनले बुधवार भनिन्।

संसद्का सभामुखले आफूले पार्टीका नेताहरूसँग कुरा गर्ने बताएका छन्।

बुधवार यान्डरसन प्रधानमन्त्रीका रुपमा नियुक्त भएकी थिइन्। स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ। स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीय सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भइन्। उनी नियुक्त भएपछि संसद्‌मा सांसद्हरूले उठेर तालि बजाएका थिए।

संसद्का ३४९ सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए। उनलाई समर्थन गर्ने ११७ सांसद्सहित थप ५७ जना तटस्थ रहेका थिए जसले गर्दा उनले एक मतले जीत हासिल गरिन्।

सानोमा पौडीबाजमा विजेता बनेकी उनले सन् १९९६ मा राजनीतिमा हात हालेकी थिइन्। उनी त्यतिबेलाका प्रधानमन्त्रीकी राजनीतिक सल्लाहकार रहेकी थिइन्। उनी विगत सात वर्षदेखि अर्थमन्त्री रहँदै आएकी थिइन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending