Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

सभापति रवि लामिछाने अगस्ट दोस्रो साता चीन जाने, उच्च नेतासँग भेटवार्ता हुने तयारी

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेका छन्।

उच्च सरकारी स्रोतका अनुसार लामिछानेसहित चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल पाँचदिने भ्रमणका लागि बेइजिङ जाने कार्यक्रम तय भएको छ।

स्रोतका अनुसार भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग भेटवार्ता हुने तयारी छ। यद्यपि, भेट हुने अन्य नेताहरूको नाम सार्वजनिक गरिएको छैन।

सरकारका एक उच्च अधिकारीका अनुसार यो भ्रमण दुई पार्टीबीचको सम्बन्ध ९पार्टी–टु–पार्टी० अन्तर्गत हुन लागेको हो। उनका अनुसार लामिछानेलाई अघिल्लो संसद्को कार्यकालमै चीनबाट भ्रमणको निम्तो आएको थियो।

ती अधिकारीले नेपाल–चीन सम्बन्धलाई थप गहिरो, सुदृढ र अर्थपूर्ण बनाउने विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको बताए।

भ्रमण टोलीमा सहभागी हुने अन्य सदस्यको नाम हालसम्म सार्वजनिक गरिएको छैन। साथै, भ्रमणमा नेपाल सरकारका कुनै पनि आधिकारिक प्रतिनिधि सहभागी नहुने जनाइएको छ।

यसअघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका लामिछानेले चीन भ्रमणमा पनि उच्च राजनीतिक तहका नेताहरूसँग भेट गर्ने तयारी रहेको रास्वपा स्रोतले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं। बीमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। पक्राउ परेका रिमाल ...

घुस लिँदै गर्दा लहानका कर अधिकृत युवराज पाल अख्तियारको फन्दामा

जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको ...

भारतीय मुर्रा राँगाको वीर्यको माग उच्च, बाँकेको खजुरामा उत्पादन बढ्दै

बाँके। बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट उत्पादन हुने जमेको वीर्य ९सिमेन०...

शिक्षामन्त्री पोखरेलविरुद्ध प्रदर्शन गर्ने २३ विद्यार्थी पक्राउ

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ वार्षिक दिवसका अवसरमा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलविरुद्ध प्...

व्यवसायी दीपक भट्ट र शङ्करलाल अग्रवालको उच्च अदालतमा बयान सुरु

काठमाडौं। बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहित अन्य प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ।...

झापाको अर्जुनधारामा १८ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण

काठमाडौं। झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा ९लालपुर्जा० वितरण गरिएको छ। जिल्ला भ...

सभापति रवि लामिछाने अगस्ट दोस्रो साता चीन जाने, उच्च नेतासँग भेटवार्ता हुने तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेका छन्। उच्च सरकारी स्रोतका अन...

त्रिविको वार्षिक समारोहमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विद्यार्थीले प्रदर्शन गरेका छन्। त्रिविको ६७औँ वार्षिक दि...

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ । महाशाखा...

त्रिभुवन विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending