काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले आज यहाँ पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लष्टरअन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको हो । उनी कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३औँ महाविधेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
नेपाल विद्यार्थी सङ्घ राजनीतिको लामो अनुभव संगालेका केन्द्रीय सदस्य पाण्डेले चार ‘ब’ अर्थात् विचार, विधान, बैठक र व्यवस्थापनअन्तर्गतका आफ्ना एजेण्डा सुनाउँदै भने, “विचारमा एकरुपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको मेरो एजेण्डा हो ।” राजनीतिमा सुधारका लागि पार्टीमा सुधार हुनुपर्ने र देश सुधारका लागि राजनीतिमा सुधार हुनुपर्ने बताउँदै नेता पाण्डले पार्टी सुधार्न नेतृत्वले आन्मालोचना गरेर सुध्रिनुपर्ने धारणा व्यक्त गरे। पार्टीमा जेसिजमा जस्तै एक व्यक्ति, एक पद र एक कार्यकालको व्यवस्था गर्नुपर्ने आफ्नो मान्यता रहेको सुनाउँदै उनले अब आफू कुनै पनि पदमा नदोहोरिने स्पष्ट पारे ।
उनी विसं २०७० को संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य र २०७४ सालको राष्ट्रियसभा निर्वाचनमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेसको हालको विधानले महिला, आदिवासी÷जनजाति, दलित, मधेशी, खसआर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र क्लष्टरबाट एक÷एक जना गरी आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १४:५३
काठमाडौं । काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा–५ जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आध...
फाल्गुन २१ गते, २०८२ - १४:४७
चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा हालसम्म करिब ४५ प्रतिशत मतदान भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान क...
फाल्गुन २१ गते, २०८२ - १४:४१
दमक। झापामा ४१ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दिउसो १ बजेसम्ममा ४१ प्रतिशत मत खसेको हो । हालस...
फाल्गुन २१ गते, २०८२ - १४:३६
रुकुमपश्चिम। जिल्ला कारागार रुकुम पश्चिमका ७२ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ७२ जनाले मतदान गरेको मतदान...
फाल्गुन २१ गते, २०८२ - १४:२९
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी ...
फाल्गुन २१ गते, २०८२ - १४:२३
बुटवल । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रुपन्देही जिल्लाका पाँच...
फाल्गुन २१ गते, २०८२ - १४:१५
काठमाडौँ। राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन् । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै ...
फाल्गुन २१ गते, २०८२ - १४:०९
दाङ। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ जिल्लाका मतदान केन्द्रहरूमा दिउँसोसम्म करिब २८.७२ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको...
फाल्गुन २१ गते, २०८२ - १४:०४
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० स्थित बालज्योति आधारभूत विद्यालयमा स्थगित भएको मतदान पुन: सुरु भएको छ। मतदाताले निर्वाचन अधिकृतको ह...
फाल्गुन २१ गते, २०८२ - १४:०१
कैलाली । सुदूरपश्चिम प्रदेशमा झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९।६६ प्रतिशत मतदान भएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई लाख ६० हज...



प्रतिकृया लेख्नुहोस्: