Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

एमाले महाधिवेशनः आज रातभर मतदान, तीन घण्टाभित्र परिणाम

खबरडबली संवाददाता

चितवन । चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिको दुवै अभ्यासको उच्चतम प्रयोग गरिएको छ । 

महाधिवेशन मार्फत एकताको सन्देश दिन दुवै प्रक्रियाको उच्चतम प्रयोग गरिएको हो । शनिबारदेखि सौराहामा जारी बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते हलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिका आधारमा पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको नामावली प्रस्ताव गर्ने जिम्मा दिएको थियो । त्यसका लागि आइतबार दिनभर अध्यक्ष ओलीले पार्टी नेताहरुसँग परामर्श र छलफल गरी मङ्सिर १२ गते ढिला गरी सुरु भएको बन्दसत्रमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली प्रस्तुत गरेपछि हलले समर्थन गरेको थियो ।

देशभरबाट सहभागी प्रतिनिधि र कार्यकर्ताको दबाब पनि सहमतिमै नेतृत्व चयन गर्नुपर्ने भन्नेमा थियो । उनीहरुले बन्दसत्र स्थल बाहिर नाराबाजी गरेर समेत दबाब दिएका थिए । अध्यक्ष ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित  ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाउँदा अध्यक्षका उम्मेद्वार डा।भीम रावलले असहमति जनाउँदै निर्वाचनमा जानु नै उत्तम हुने बताउनुभयो । सोही अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरियो ।

पदाधिकारीमा हलमा प्रस्ताव गरिएको सूची अनुसार उम्मेदवारी दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेङ्वाङ  र  विष्णु पौडेलले हलको सहमति अनुसार उम्मेदवारी दिनुभएको छ भने त्यसका अतिरिक्त नेता घनश्याम भुसालले उम्मेदवारी दिएपछि सो पदमा निर्वाचन हुने भएको छ । 

महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याल हलमा प्रस्तावित उम्मेदवार छन् भने भीम आचार्य र टङ्क कार्कीले उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको हो । केन्द्रीय सदस्यमा पनि कतिपय सर्वसम्मत भइसकेको छ । बाँकीमा मतदान हुनेछ ।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्षका उम्मेदवार भुसालले लोकतान्त्रिक अभ्यासको पार्टी एमाले कहिलेकाँही खासखास कारणले अलमलमा पर्ने गरेपनि एमाले नै समृद्ध परम्पराको लोकतान्त्रिक शक्तिलाई बचाउँछ भन्ने उदाहरण हामीले पेस गर्दै आएका छौं भने। उनले पार्टीभित्र क्रान्तितर्फ आगाडि बढेका त्यागी कार्यकर्ता लखेटिने र सुविधाभोगी पक्ष आउने गरेको स्थिति रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने बताए । आम रुपमा यी असहमति वीच बिधान महाधिवेशन यता बैचारिक पक्षमा कुनै मतभेद नरहेको उनको भनाइ छ । “गत नवौं महाधिवेशको मुख्य खराबी समूहगत उम्मेद्वारी थियो”, उनले भने, “त्यसको मैले विरोध गरेको थिए । यसपटक व्यक्तिगत रुपमा उम्मेदवारी दिएका छौं ।”

यस्तै उपमहासचिवमा निर्वाचित विष्णु रिमालले मन मिलेर एकै प्यानल बनाउने कोसिस गरेको भन्दै प्रतिस्पर्धा गर्ने गुट बनाइए मान्य नहुने बताए । उनले समूहगत रुपमा लाग्नेहरु पार्टीमा टिक्न नसक्ने धारणा राखे । उम्मेदवारी मनोनयन दर्ता भइसकेकाले अव कसैलाई पनि मनाउने कोसिस नगरिने उनको भनाइ छ ।

उपमहासचिवमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले विगतमा पार्टी एकताका लागि गरिएको १० बुँदे सहमतिका पक्षधर पूर्व माओवादीबाट आएका नेताहरु सवैको व्यवस्था गरी समावेशी र एकताबद्ध नेतृत्व चयन गर्नुपर्ने भएकाले हलले सहमतिको म्याण्डेड दिएको बताए । उनले सोही बमोजिम उम्मेदवारी दिएको जानकारी दिए ।

एमाले प्रचार कमिटी सहसंयोजक सूर्य थापाले सहमतिको अधिकतम प्रयास गरी मतदानको पनि अभ्यास गरिएको बताउनुभयो । उहाँले अध्यक्षले हलले दिएको जिम्मेवारी पुरा गरेको भन्दै भीम रावलहरु विग्रहको तहमा आउन नहुने धारणा राखे । निर्वाचन आयोगका अध्यक्ष डा।विजय सुब्बाका अनुसार दर्ता भएका मनोनयन सूचीहरुलाई छानविन र दाबी विरोधको प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवारको नामावली प्रकाशन पश्चात कम्तिमा १२ घण्टा पछि विद्युतीय मेसिनमा तथ्याङ्क अपडेट हुने भएकाले सम्भव भए राति नै र नभए बिहान मतदानको काम सुरु हुने जानकारी दिए । 
मतदान भएको तीन घण्टाभित्र परिणाम आइसक्ने उनले बताए । मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुनेछ । मतदानको जिम्मा लिएको रामलक्ष्मण इनोभेसन्सका विद्युतीय मेसिनका प्राविधिक सल्लाहकार डा। नन्दविक्रम अधिकारीले मतदानका लागि विद्युतीय मेसिन तयारी अवस्थामा रहेको बताए। कतिपय पदमा सर्वसम्मत भइसकेकाले ७२ वटा मेसिनमात्र प्रयोग गर्न लागिएको उनले जानकारी दिए । अधिकारीले मतदानका लागि एक सय मेसिन ल्याएको बताए।

सबै मेसिनहरु तयारी अवस्थामा राखिएको छ । भोट खसाल्नका लागि मेसिनहरुको बुथ राखिएको छ । केही मेसिनहरु बाहिर प्रतिनिधिहरुलाई सिकाउनका लागि राखिएको छ । एमाले महाधिवेशनमा दुई हजार २८७ प्रतिनिधि रहेका छन् । निर्वाचन कार्यतालिका अनुसार आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोवास गर्ने समुदायहरूको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्...

गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने व्यक्ति पक्राउ

काठमाडौं। गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पने...

पूर्वउच्च पदस्थहरूको सुविधा बढाउने सरकारी निर्णय फिर्ता होस् : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्वउच्च पदस्थ व्यक्तिहरूको थप सुविधा बढाउने कुरा गर्नु उचित नहुने...

एमालेले बोलायो चैत ४ गते सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले यही चैत ४ गते सच...

महिला टी-२० क्रिकेट : अन्तिम खेलमा हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो । ...

युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रप...

सरकारले केबलकार निर्माणविरुद्धको आन्दोलनकारीलाई पुनः वार्ताका बोलायो

काठमाडौं । सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनमा रहेका पक्षलाई वार्ताका लागि आह्वान गरेको छ। यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आए...

डब्लुएफपीले म्यान्मामा खाद्य सहायता कटौती गर्ने

याङ्गुन । ‘महत्त्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)...

दैलेखमा रुखले च्यापिएर दुई जनाको मुत्यु

दैलेख । रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । भैरबी गाउँपालिका–५ को सियाला सामुदायिक वन खाल्तडामा रुख ढाल्ने क्रममा बिहान दश बजे च्यापिएर दुई जनाको...

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy