तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तनहुँ जलविद्युत् आयोजना निर्माणमा ढिलाइ नगर्न निर्देशन दिएकि छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री भुसालले समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ कटिबद्ध भएर लाग्न निर्देशन दिइन्।
“प्रशासनिक जटिलताका कारण आयोजनाको काममा समस्या हुँदैन, त्यसका लागि सहजीकरण गर्न म सदैव तयार छु”, उउनले भनिन् “आयोजनास्थलमा दत्तचित्त भएर लाग्नुहोला ।” मन्त्री भुसालले आयोजनाको काममा कुनै समस्या आए राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिइन्।
उनले तनहुँ जलविद्युत् आयोजना राष्ट्रको समृद्धिको परियोजना भएकाले स्रोतसाधनमा कमी नहुने विश्वास व्यक्त गरिन् । “रणनीतिक हिसाबले जलाशययुक्त यो योजना निकै महत्वपूर्ण छ, स्रोतसाधनको कमी हुँदैन”, उनले भनिन् । मन्त्री भुुसालले आयोजनाले तनहुँका जनताको जीवनस्तर उकास्न सहयोग पु¥याउने बताइन् ।
सो क्रममा मन्त्री भुसालले आयोजनाको बाँधस्थल र विद्युतगृहको निरीक्षण गरेकि थिइन् । मन्त्री भुसाललाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरण श्रेष्ठ र आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाको निर्माण कार्यको बारेमा जानकारी गराएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - १७:१७
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोवास गर्ने समुदायहरूको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्...
फाल्गुन ३० गते, २०८१ - १६:५५
काठमाडौं। गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पने...
फाल्गुन ३० गते, २०८१ - १६:२७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्वउच्च पदस्थ व्यक्तिहरूको थप सुविधा बढाउने कुरा गर्नु उचित नहुने...
फाल्गुन ३० गते, २०८१ - १६:२१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले यही चैत ४ गते सच...
फाल्गुन ३० गते, २०८१ - १६:००
काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो । ...
फाल्गुन ३० गते, २०८१ - १५:५१
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रप...
फाल्गुन ३० गते, २०८१ - १५:०६
काठमाडौं । सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनमा रहेका पक्षलाई वार्ताका लागि आह्वान गरेको छ। यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आए...
फाल्गुन ३० गते, २०८१ - १४:५८
याङ्गुन । ‘महत्त्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)...
फाल्गुन ३० गते, २०८१ - १४:४४
दैलेख । रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । भैरबी गाउँपालिका–५ को सियाला सामुदायिक वन खाल्तडामा रुख ढाल्ने क्रममा बिहान दश बजे च्यापिएर दुई जनाको...
फाल्गुन ३० गते, २०८१ - १४:३४
गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ
प्रतिकृया लेख्नुहोस्: