काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल सबैभन्दा बढी जनताप्रति उत्तरदायी हुने भएकाले संविधान र कानून पालनामा आफैँ निर्देशित हुन जरुरी रहेको बताएका छन्।
निर्वाचन पर्यवेक्षक समिति नेपाल (इओसी–नेपाल)द्वारा आज यहाँ आयोजित ‘प्रभावकारी कानूनी व्यवस्था र राजनीतिक दलको अनुगमन’ विषयक अन्तरक्रियमा उनले सबैले राम्रो ढङ्गले कानून मान्ने हो भने नियमनको बहस आवश्यक नपर्ने धारणा राखे।
प्रमुख आयुक्त थपलियाले भने, ‘अरुलाई सुशासन र अनुशासन सिकाउने दलहरूका लागि उनीहरूका आन्तरिक नियन्त्रण र स्वमूल्याङ्कन जरुरी छ कि बाहिरबाट यो वा त्यो गर भन्नुपर्ने हो ।’
राजनीतिक दलको समग्र व्यवस्थापन, नियमन र अनुगमनको प्रणाली नयाँ शिराबाट सोच्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले आयोगले राजनीतिक दलमा समावेशी, महिला सहभागिता र लेखा परीक्षणको व्यवस्थालाई कडाइका साथ हेरिएको जानकारी दिए।
‘राजनीतिक दलको विधानमा ऐनमा भएको व्यवस्थाबाहेक सदस्यता दिँदैनौँ भनेर स्वघोषणा गरेका दलहरूविरुद्ध आयोगमा धेरै सङ्ख्यामा उजुरी रहेको छ । कुन दल साच्चिकै कानूनको पालना गर्ने खाँटी हो त भनेर अनुगमन र मूल्याङ्कन गरेर सार्वजनिक गर्ने छौँ’ उनले भने।
नेपाल कानून आयोगका पूर्वअध्यक्ष माधव पौडेलले राजनीतिक दलको नियमन तथा अनुगमनसम्बन्धी कानूनी व्यवस्था र निर्वाचन आयोगको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक दलको अर्थपूर्ण सहभागिता बिना लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा व्यक्त गरे।
उनले भने, ‘संविधानले आयोगलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष निर्वाचनका लागि राजनीतिक दलसँग सहकार्य र परामर्श गर्ने अधिकार एवं अभिन्न अङ्गको मान्यता दिएको छ ।’
आयोजक संस्था इओसी–नेपालका अध्यक्ष प्रदीप पोखरेलले निर्वाचन खर्चिलो भएकै कारण सुशासनका लागि चुनौती खडा गरेको तथा दलका नेताको सम्पत्ति विवरण र सदस्यका विषयमा उठेको प्रश्नलाई सम्बोधन गर्ने केकस्ता सुधारका उपाय हुन सक्छन् भनी जिज्ञासा राखे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - ०९:३१
काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...
माघ ६ गते, २०८२ - ०९:२६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्। सामाजिक स...
माघ ६ गते, २०८२ - ०९:१८
पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...
माघ ६ गते, २०८२ - ०८:१६
काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...
माघ ६ गते, २०८२ - ०८:१०
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...
माघ ६ गते, २०८२ - ०८:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...
माघ ६ गते, २०८२ - ०७:४१
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...
माघ ६ गते, २०८२ - ०७:३९
सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...
माघ ६ गते, २०८२ - ०७:३८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...
माघ ६ गते, २०८२ - ०७:३५
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...




प्रतिकृया लेख्नुहोस्: