Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

हुम्लामा हिमपातपछि चिसो बढ्यो, जनजीवन कष्टकर

खबरडबली संवाददाता

हुम्ला । हिमपातपछि हुम्लामा चिसो बढेसँगै सर्वसाधारणको  जनजीवन कष्टकर बनेको छ। हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । 

बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । 

मौसम परिवर्तनसँगै आजदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । चिसो मौसम सुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ । 

चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । चिसोको समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडाको बढी खपत हुने गर्छ । 

सिमकोटस्थित पसलमा बाक्लो कपडाको बिक्रीसमेत बढेको छ । चिसोको समय सुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । चिसो याम सुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

हुम्ला उत्तरी नाम्खा गाउँपालिकामा दोस्रो पटक हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिका उच्च भेगमा पर्ने भएकाले बिहानैबाट हिमपात सुरु भएको छ । हिमापत भएसँगै यहाँको तापक्रम माइनसमा झरेको छ । अहिले चालाको तापक्रम माइनस पाँच डिग्री पुगेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE