Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

कांग्रेस महाधिवेशन : देउवाको गृहप्रदेशमा आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस

खबरडबली संवाददाता

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ ।

कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूलाई दिएअनुसार उहाँ बुधबार धनगढी आइपुगेका छन् । 

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद, बद्री पाण्डे र वीरबहादुर बलायरलगायत नेता नेतृत्वका लागि उम्मेदवार छान्न सक्रिय छन् । कांग्रेसको नेतृत्वका लागि पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुनजंगबहादुर सिंह र गोविन्द शाह, कैलालीका पूर्वसभापति नरनारायण शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा, भरत खड्का र युवा नेता पुष्प शाही आकांशी देखिएका छन् । 

प्रदेश सभापतिसँगै अन्य पदका उम्मेदवारले जिल्ला/जिल्लाबाट आएका प्रतिनिधिलाई मत माग्नाका साथै सामाजिक सञ्जालको समेत प्रयोग गरेर आफ्नो पक्षमा मतदानका निम्ती आग्रह गरिरहेका छन् । प्रदेशसभाको निर्वाचन तालिकाअनुसार शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने भनिएको छ ।

सुदूरपश्चिममा १६ प्रतिनिधिसभा र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रबाट गरी ९७५ प्रतिनिधि छनोट भएका छन् । कैलाली र अछामबाहेक सात जिल्लाको कांग्रेसको जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धरानमा स्कुल बसको ठक्करले अटो चालकको मृत्यु, एक जना घाइते

धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन्  ।  बुधबार धरान–१९...

अमेरिकाले जनवरीदेखि ८५ हजारको भिसा रद्द गर्दे

वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...

आयोगको बोलावटलाई अवज्ञा गर्नु उचित हुँदैन, ओलीले बयान दिनैपर्छ: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...

एलिमिनेटरमा काठमान्डुले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।  त्रिभुवन अन्तर्र...

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

काठमाडौँ । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य ...

खानेपानीको महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...

अध्यक्ष लिङ्देनको प्रस्ताव: विगतका उपलब्धि सुरक्षित गर्दै नयाँ मौलिक व्यवस्था निर्माण गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ: प्रधामन्त्री कार्की

बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्।  ...

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्न विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending