धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ ।
कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूलाई दिएअनुसार उहाँ बुधबार धनगढी आइपुगेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद, बद्री पाण्डे र वीरबहादुर बलायरलगायत नेता नेतृत्वका लागि उम्मेदवार छान्न सक्रिय छन् । कांग्रेसको नेतृत्वका लागि पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुनजंगबहादुर सिंह र गोविन्द शाह, कैलालीका पूर्वसभापति नरनारायण शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा, भरत खड्का र युवा नेता पुष्प शाही आकांशी देखिएका छन् ।
प्रदेश सभापतिसँगै अन्य पदका उम्मेदवारले जिल्ला/जिल्लाबाट आएका प्रतिनिधिलाई मत माग्नाका साथै सामाजिक सञ्जालको समेत प्रयोग गरेर आफ्नो पक्षमा मतदानका निम्ती आग्रह गरिरहेका छन् । प्रदेशसभाको निर्वाचन तालिकाअनुसार शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने भनिएको छ ।
सुदूरपश्चिममा १६ प्रतिनिधिसभा र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रबाट गरी ९७५ प्रतिनिधि छनोट भएका छन् । कैलाली र अछामबाहेक सात जिल्लाको कांग्रेसको जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...


प्रतिकृया लेख्नुहोस्: