Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

शेयर बजार : वर्षकै न्यून बिन्दुमा नेप्से, किन्ने अवसर कि वियरिस ट्रेण्ड ?

खबरडबली संवाददाता
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । त्यसयता शेयर बजार निरन्तर घट्दो क्रममा छ । नेप्से घट्दै बिहीबार दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा कारोबार बन्द भएको छ । 
नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कानुसार कारोबार मापक नेप्सेका साथै कारोबार रकम पनि निरन्तर ओरालो लागेको देखिन्छ । चालू आवको पहिलो कारोबार दिन साउन ३ गते दुई हजार ९८० दशमलव ६१ बिन्दुमा बन्द भएको कारोबार भदौ पहिलो साता उच्च बिन्दु छोएर निरन्तर घटिरहेको छ । 
 
उच्च बिन्दुबाट बजार २३ प्रतिशतभन्दा बढीले घट्दा लगानीकर्ताको रु १० खर्ब बढीकोे सम्पत्ति गुमेको छ । नेप्से परिसूचक उच्चतम हुँदा रु ४४ खर्ब ६८ अर्बको बजार पुँजीकरण बिहीबारको कारोबार पछि रु ३४ खर्ब ४४ अर्बमा खुम्चिएको छ । परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको देखिन्छ । गत साउन ३१ गते दैनिक कारोबार रकम रु २१ अर्ब भन्दा बढी भएकामा बिहीबार रु दुई अर्ब ६७ करोडमा सिमित हुन पुगेको छ ।
 
शेयर बजारमा नेप्सेका साथै कारोबार घट्दा लगानीकर्तामा निरासा छाएको छ ।  अझ नयाँ लगानिकर्ता अन्योलमा रहेको देखिन्छ । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन् । बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०को प्राथमिक शेयरबाट आइपिओ भर्न सुरु गरेका भक्तपुरका माधव ढकाल साथीको सहयोगमा दोस्रो बजारमा छिरेका थिए । “सुरुमा राम्रै कमाइ भयो, कमाइ देखेर सापटी मागेर अरु रकम यसमा लगाएँ अहिले घाटामा छु, बेच्न नि घाटा छ, सस्तोमा किन्न पैसा छैन”, उहाँ भन्छन् ।
 
त्यस्तै शेयर बजारका बादशाह भनेर चिनिने लगानिकर्ता निर्मल प्रधान बजार घटबढ हुनु स्वभाविक भएको र बुझेर लगानी गर्न सुझाव दिनुहुन्छ । आम लगानीकर्ता बजार घट्दा आत्तिने र बढ्दा मात्तिने गर्छन् जुन सही होइन, बजार केही समय घट्छ र पछि बढ्छ पनि त्यसैले धै¥र्यता आवश्यक हुने बताउँदै सरकार र नियामक निकाय पनि शेयर बजारको दिगो विकास तथा विस्तारमा संवेदनशील हुन जरुरी रहेको धारणा राख्छन् । 
 
नेपालको पूँजीबजारमा तरलताले विशेष प्रभाव पारेको देखिन्छ । बैंकिङ प्रणालीमा तरलताको चाप पर्दा बजार घट्ने गरेको देखिन्छ । “जब बैंकमा तरलता बढी हुन्छ, उनीहरु सस्तो ब्याजदरमा शेयर कर्जा दिन थाल्दछन्, ठूला लगानीकर्ता त्यसको प्रयोग गर्छन्, जसले कारोबार बढी हुन्छ र बजार बढ्छ, तर जब तरलता सङ्कट आउँछ उनीहरु निक्षेप बढाउन व्याजदर बढाउने र कर्जा दिन नसक्ने अवस्थामा पुग्छन् तब शेयर कारोबार घट्ने गरेको छ”, प्रधान अनुभव सुनाउँछन् ।
 
साना लगानीकर्ता डरमा, ठूला पर्ख र हेरको अवस्थामा
 
सिडिएस एण्ड क्लियरिङका अनुसार धितोपत्र कारोबार गर्न आवश्यक डिम्याट खाता खोल्नेको सङ्ख्या ४७ लाख नाघिसकेको छ भने मेरो शेयर प्रयोगकर्ता ३८ लाखभन्दा बढी छन् । सत्तचालीस लाख लगानिकर्तामध्ये सङ्ख्याका आधारमा साना लगानीकर्ताको अत्याधिक बृद्धि भएको देखिन्छ । गएको एक वर्षको अवधिमा चिया पसलदेखि कार्यालयको बैठकको समयमा समेत पूँजीबजारका बारेमा बहस चल्न थालेको अवस्था छ । 
 
शेयर बजार स्वतन्त्ररुपमा माग र पूर्तिका आधारमा चल्नुपर्नेमा लगानीकर्ता संरक्षण चौधरी जोड दिनुहुन्छ । हाल गृहणी र महिला लगानिकर्ताको सङ्ख्यासमेत बढेको छ, सानोसानो पूँजी जम्मा भएर नै दैनिक कारोबार करिब रु २२ अर्ब पुगेको थियो । त्यस्ता साना र नयाँ शेयर लगानीकर्ताको लगानीको सुरक्षामा सरकार तथा नियामक विशेषरुपमा सजग हुनुपर्ने चौधरीको भनाइ छ ।
 
घटेको बजारमा साना र त्यसमाथि नयाँ लगानीकर्ताको सम्पत्ति घट्दै जाँदा उनीहरुमा डर देखिएको स्वयं लगानिकर्ता स्वीकार्छन् । यस्तोमा बजार घट्नेमात्र नभई राम्रा प्रतिफल दिने कम्पनीमा गरेको लगानीमा डराउन नहुने र शेयर बजारमा लगानी गर्दा धै¥र्यता राख्नुपर्नेमा लगानीकर्ता छोटेलाल रौनियारको जोड छ ।  
 
“बजार विस्तार भएको छ, कारोबार प्रविधिमैत्री हुँदैछ, डिम्याट र मेरो शेयरका साथै शेयर कारोबार गर्न टिएमएसको प्रयोगकर्ता दिनदिनै बढेको अवस्था छ, यसले बजारमा सकारात्मक प्रभाव पारेको र अझ यसको विकास तथा दिगोपनाका लागि नियामकले लगानिकर्ताको हितलाई ध्यान दिएर नीति बनाएर बजारको नियमन गर्ने वातावरण बने बजारको भविष्य राम्रो रहेको छ”, शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा रौनियारले आफ्ना धारणा राखे । उनले बजारमा राम्रो सम्भावना रहेको र पूँजी बजारको विकास तथा विस्तारमा सबै लगानिकर्ता एकजुट भएर बजार अनुकूल हुँदा आवेशमा नआउन र प्रतिकूल हुँदा धै¥र्यता अपनाउन आवश्यक हुने बताए । 
 
जुट्दै लगानीकर्ता सङ्घ 
 
नेपालको पूँजी बजार जब घट्न थाल्छ, तब शेयर बजार सुधार गर्ने नाममा विभिन्न कार्यक्रमसहित लगानिकर्ता मिलेर सङ्घ खोल्दै आन्दोलन गर्ने गरेका छन् । छोटो समयमा नै यस्ता सङ्घ धेरै बनेको अवस्थामा पछिल्लो समय सबै मिलेर अगाडि बढ्ने भन्दै जुट्न थालेको देखिन्छ । शुक्रबार आयोजित ‘पूँजी बजारको सङ्कट र समाधानको सूत्र’ नामक छलफल कार्यक्रममा अग्रज लगानीकर्ताका साथै सबै सङ्गठनका पदाधिकारीले पनि मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
 
कार्यक्रममा अग्रज शेयर लगानीकर्ता निर्मल प्रधान, छोटेलाल रौनियार, अम्बिकाप्रसाद पौडेल, शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल, पूँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेल, स्वतन्त्र पूँजी बजार लगानीकर्ता सङ्घका अध्यक्ष रोहन कार्कीलगायतको सहभागिता थियो । कार्यक्रममा सबैले पूँजी बजारमा देखिएको समस्या समाधान गर्न सम्पूर्ण लगानीकर्ता एकजुट हुनुपर्ने बताएका थिए ।
 
कार्यक्रममा शेयर कारोबारमा मार्जिज ट्रेडिङको कार्यान्वयन, शेयर कर्जामा लगाइएको रु चार देखि १२ करोडको सीमा पुनर्विचार, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिलगायतका तीन वर्षअघि भएको ५८ बुँदे मागको चाँडोभन्दा चाँडो सम्बोधन गर्न सबै लगानीकर्ता एक भएको अध्यक्ष ढकालले बता । पूँजी बजारमा देखिएका समस्या समाधान र यसको विकास तथा विस्तारका लागि लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा कार्यदलसमेत बनेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending