काठमाडौं । नेकपा एमालेमा भएको कार्यविभाजनप्रति नेताहरुले असन्तुष्टि जनाएका छन् । एकपक्षीय ढंगले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको कार्यविभाजन गरेको भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपामहासचिव पृथ्वीसुब्बा गुरुङलगायतले असन्तुष्टि जनाएका हुन् ।
भक्तपुरमा शनिबारदेखि चलेको बैठकबाट भएको कार्यविभाजनप्रति नेता झपट रावलले सार्वजनिकरुपमै असन्तुष्टि जनाएका छन् । उनले पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्ने पक्षमा आफूहरुले लामो समयदेखि आवाज उठाउँदै आएपनि केन्द्रीय कमिटी बैठकबाट जसरी जिम्मेवारी बाँडफाँड गर्ने काम भयो त्यो गलत भएको बताए ।
उनले पार्टीमा विभेद नहुने आफूहरुले टानेपनि त्यसो हुन नसकेको बताए । टंक कार्की जस्तो नेतालाई समेत पोलिटब्युरोमा नअटाएको भन्दै उनले असन्तुष्टि जनाए । १० बुँदे पक्षधरहरुलाई छानीछानी पाखा लगाउने काम भएको पनि उनको भनाइ छ ।
त्यस्तै पृथ्वीसुब्बा गुरुङले मापदण्ड नबनाएको र व्यक्तिगत निर्णय गर्दा २र३ कार्यकाल काम गरेका नेताहरु समेत पोलिटव्यूरोमा छुटेको वताएका छन् । गुरुङले हामी कसरी लिडरसिपको विकास गर्छौ भन्ने कुरा मुख्य हो । एउटा मापदण्ड बनाएनौं भने हुने यस्तै हो ।’उनले भने
व्यक्तिगत रुपमा निर्णय लिनु गलत भएको भन्दै उनले सामूहिक निर्णय प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् ।
एमालेको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो गठन, प्रदेश अध्यक्ष तोक्नेलगायतको निर्णय भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १७:०६
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...
मंसिर २६ गते, २०८२ - १७:०२
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...
मंसिर २६ गते, २०८२ - १६:५०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...
मंसिर २६ गते, २०८२ - १६:३६
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...
मंसिर २६ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...
मंसिर २६ गते, २०८२ - १५:४५
अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ
मंसिर २६ गते, २०८२ - १५:३३
डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...
मंसिर २६ गते, २०८२ - १५:२५
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...
मंसिर २६ गते, २०८२ - १५:१६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...
मंसिर २६ गते, २०८२ - १४:५७
काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...




प्रतिकृया लेख्नुहोस्: