Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

यस पटक हामी चुक्यौं भने इतिहासले क्षमा गर्ने छैन : गगन थापा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले सभापतिका लागि दोस्रो चरणमा हुने मतदानमा शेखर कोइरालालाई मत दिन आह्वान गरेका छन्।

मंगलबार दिउँसो सामाजिक सञ्जालमा महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले जारी गरेको अपिलमा इतिहासले असाधारण निर्णय लिन आह्वान गरिरहेको उल्लेख गरिएको छ।

‘सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा तपाईंको चाहना हो भन्ने म ठान्दछु । अब त्यो चाहनालाई मतपत्र मार्फत प्रकट गर्ने क्षण आएको छ’, थापाले सामाजिक सञ्जालमार्फत अपील गर्दै भनेका छन्, ‘आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन अझै लामो समय पछुताउने पर्नेछ । इतिहासमा गल्ती एक क्षणको हुन्छ तर पुस्तौं ले पछुताउनु पर्दछ । त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ पनि छैन।’

प्रतिनिधिज्यूहरू,

नेपाली कांग्रेस १४औं महाधिवेशनको दौरान हिजो सम्पन्न निर्वाचनमा तपाईंहरूले पार्टी रुपान्तरण र नेतृत्व परिवर्तनका पक्षमा देखाउनु भएको उत्साह र उपस्थितिले अब पार्टी नयाँ ढङ्गले अगाडि वढ्नुपर्छ भन्ने कुराको स्पष्ट संकेत गरिसकेको छ। तपाईंहरुले पार्टी रुपान्तरणको लागि देखाउनुभएको यो अदम्य साहस र आँटको म खुलेर प्रशंशा गर्दछू।  सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा तपाईंको चाहना हो भन्ने म ठान्दछु। अब त्यो चाहनालाई मतपत्र मार्फत प्रकट गर्ने क्षण आएको छ।  नेपाली कांग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दुरगामी महत्वको निर्णय गर्ने क्षण हो। यस घडीमा इतिहासले हामीसंग त्यही असाधारण निर्णय लिन आव्ह्वान गरिरहेको छ। देशभर छरिएर रहेका कांग्रेसजन, सुभेच्छुक तथा आम जनताले आज त्यस्तो निर्णय लिनसक्ने क्षमता, साहस र त्यागको अपेक्षा गरिरहेका छन। इतिहासको आव्हानलाई स्वीकार्दै आम अपेक्षा अनुरुप कांग्रेस पुनर्जागरण र रुपान्तरणको यात्रा यो महाधिवेशनबाट तय गर्न सक्नुपर्छ। त्यसको आरम्भ आज तपाईंको मतमार्फत हुनेछ भन्नेमा म विश्वस्त छु।

महाधिवेशन लगत्तै हामी तीन तहको निर्वाचनमा होमिनुपर्नेछ, त्यस निर्वाचनमा पार्टीले एक्लै जित्ने वनाउन लाखौं मतदातालाई आकर्षित गर्नु पर्दछ, त्यसको लागि नयाँ उत्साह र जागरण आवश्यक छ। हामीले आज त्यो उत्साहको संचार गर्न सक्नैपर्छ। संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन वेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ। के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका संभव होला त ?  हामी सँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ। आफ्नो अन्तरमनको आवाज सुनेर निर्णय गर्ने बेला आएको छ। विगतमा बीपी कोइरालाले अनेक पटक अन्तरमनको आवाज सुनेर यस्तै निर्णय गर्नुहुन्थ्यो, गणेशमान सिंह पनि त्यसको अपवाद हुनुहुन्थेन। आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन अझै लामो समय पछुताउने पर्नेछ। इतिहासमा गल्ती एक क्षणको हुन्छ तर पुस्तौं ले पछुताउनु पर्दछ। त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ पनि छैन।

'समुन्नत नेपाल सम्मानित नेपाली' को सपना, यो पुरा गर्नका लागि चाहिने वैचारिक स्पष्टता, त्यसका लागि चाहिने सांगठनिक आधार र जुझारु नेतृत्व कांग्रेसले दिन सक्छ कि सक्दैन यो नै १४औं महाधिवेशनको मुल चुनौती हो। यो पटक हामी चुक्यौं र समयले सुम्पेको कार्यभारलाई हामीले आफ्नो कार्मद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले हामीलाई क्षमा गर्ने छैन।

त्यसैले, आज निर्णय गर्ने बेला आएको छ, तपाईंको एक भोट आज यो मतदानको लाईनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ। तपाईंको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान-विन्दु हुनेछ। एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी संततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुन: हार्दिक अपील गर्दछु। जय नेपाल!

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...

कालीगण्डकीमा हस्तक्षेप रोक्न ब्यानर प्रदर्शन

बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...

मेसको छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

हुलाकलाई 'सरकारी कुरियर' बनाउँदै सरकार: म्याग्दी र मकवानपुरमा सेवा सुरु

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् ।  बगनासकाली ...

भरत खड्काद्वारा सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending