काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन्।
बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे।
सभापति देउवाले कांग्रेसलाई अझै सुदृढ, क्रियाशील, गतिशील र सङ्गठित बनाएर लैजाने उृनले बताए ।
उनले भने, ‘उहाँ (सभापति देउवा)को कार्यकालमा लोकतन्त्र पनि बलियो हुनेछ । राजनीतिक सहमति र सहकार्यका आधारमा मुलुकलाई अघि बढाउनुका साथै आगामी स्थानीय निकायको निर्वाचन र आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नुहुनेछ ।’
कांग्रेस सभापतिमा पुनः दोस्रो कार्यकालका लागि सभापति बन्नुभएका सभापति देउवाले महाधिवेशनअन्तर्गत निर्वाचनको प्रतिस्पर्धामा रहेका सबैलाई पार्टीमा समेट्ने, पार्टीको अभियानमा सक्रिय बनाउने तथा पार्टी सभापतिमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेतालाई केन्द्रीय समितिमा समेटेर लैजाने धारणा राखे।
निर्वाचन व्यवस्थापनमा केही त्रुटि भएको र मतदाताले पनि गुनासो गरेकाले त्यसलाई आगामी दिनमा सच्याएर लैजाने प्रतिबद्धता जनाए । प्राविधिक समस्याका कारण मतदाता लामो समयसम्म लाइन बसेर कष्टका साथ मतदान गर्नुपर्ने अवस्था आएको भन्दै उनले आगामी महाधिवेशनमा अहिलेको व्यवस्थापकीय पाटोलाई मध्यनजर गरी सरलीकृत गरिने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...



प्रतिकृया लेख्नुहोस्: