Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

जब विद्यार्थीले शिक्षामन्त्री पौडेललाई साग र गोलभेँडा उपहार दिए...

खबरडबली संवाददाता

काठमाडौँ । हरियो र देख्दै खाउँ खाउँ लाग्ने साग । बोटमा लटरम्म फलेका गोलभेँडा । स्याउ, आरु, अलैँचीका बोट पनि । त्यस्तै अन्य उपज पनि । तपाईंको दिमागमा पक्कै पनि कुनै एउटा कृषि फार्मको तस्विर आउन सक्छ । 

मीनपचासको चिसा रातमा परेको तुसारो बोटमा सेताम्मे थियो । केही खेत खनिएका थिए । लाग्थो, त्यहाँ केही नयाँ बाली लगाइँदैछ । विभिन्न प्रजातिका बिरुवा लगाउन केही ‘ड्याङ’ खनेर राखिएको छ । यो कुनै व्यक्तिले सञ्चालन गरेको कृषि फार्म नभई सार्वजनिक विद्यालयले गरेको कर्म हो । 

निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि अनवरतरूपमा खटिएको छ बूढानीलकण्ठ माध्यमिक विद्यालय । सोही विद्यालयको प्रयोगात्मक कक्षाका लागि तयार पारिएको कृषि फार्मको तस्विर हो यो । 

कक्षा पाँचदेखि १२ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा एक हजार १३५ विद्यार्थी अध्ययनरत छन् । उनीहरु पनि नियमित पढाइसँगै विद्यालयको करेसाबारीमा काम गर्छन् । 

सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागू हुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थलगत निरीक्षण गरी प्रशंसा मात्रै गर्नुभएन, यस्तो अभियानबाट अरु विद्यालयले पनि सिक्नुपर्नेमा जोड दिए । 

विद्यार्थी र शिक्षकका लागि आवासको  व्यवस्था भएको विद्यालयमा सूचना प्रविधि ९आइटी०, विज्ञान, कृषिलगायतका विषयमा प्रयोगात्मक कक्षासहितको अध्यापन गरिन्छ । ‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जीवनोपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ । 

देशकै उत्कृष्ट नतिजा ल्याइरहेको विद्यालयले डा महावीर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोबोट बनाउने काममा अनुसन्धान गरिरहेको छ । आज बिहान सोही विद्यालयको निरीक्षण गर्न गएका मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

विद्यालयले निर्वाहमुखी कृषि प्रणालीभन्दा वैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्नुपर्ने मन्त्रीले सुझाव दिए । “विद्यालयको शैक्षिक गतिविधि राम्रो छ,” उनले भने“उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुहोस् ।” मन्त्री पौडेलले विद्यार्थीको पढाइको विषयमा समेत जिज्ञासा राखेका थिए । 

“बूढानीलकण्ठका विद्यार्थीले जसरी अध्ययनसँगै उत्पादनमा जोड दिनुभएको छ त्यसरी अन्य विद्यालयले पनि यहाँबाट केही सिक्न जरुरी छ”, उहाँले भन्नुभयो । 

बजारमा जमिनको अभाव भएको बताउँदै भएको जमिनलाई व्यवस्थित गरी सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणका रूपमा देखाउन मन्त्रीले आग्रह गरे । 

विद्यालयका प्रध्यानध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दानी गर्न थालेको बताए । “हामीले शिक्षाका अतिरिक्त पढ्दै सिक्दै कार्यक्रम पनि अगाडि बढाएकाले थप प्रभावकारी नतिजा आएको छ”, आचार्यले भने । 

“विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउन पर्दैन”, विद्यालयका प्रध्यानध्यापक आचार्य भने, “तरकारी खेतीबाट पहिलो सिजनमा रु १५ लाख आम्दानी गर्न सफल भयौँ ।’

उहाँका अनुसार विद्यालयले स्थानीय जातको विरुवा उत्पादन गरी अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्तालाई पनि स्थलगत अवलोकन गर्न पाउने गरी व्यवस्थापन गरिएको छ ।  

“विद्यार्थीलाई विरुवा रोप्ने र उब्जनी कसरी हुन्छ भन्ने सिकाउँछौँ अनि विरुवा दिएर घर पठाउँछौँ”, प्रअ आचार्यले भन्नुभयो । विद्यालयलमा विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप पनि सिकाइन्छ । 

निरीक्षणमा पुग्नुभएका शिक्षामन्त्री पौडेललाई विद्यालयको विज्ञान प्रयोगशाला बनाइदिन विद्यार्थीले आग्रह गरेका थिए । विद्यालयमा उत्पादन भएको साग तथा गोलभेँडा शिक्षामन्त्रीलाई विद्यार्थीले कोसेलीका रूपमा दिएका थिए । विद्यालय र विद्यार्थीले नियमित शैक्षिक गतिविधिसँगै व्यावहारिक शिक्षासमेत पाएको भन्दै अन्य विद्यालयले समेत अनुसरण गर्नुपर्ने देखिन्छ । 

सरकारले चालु आर्थिक वर्षको बजेटमा पढ्दै, सिक्दै र कमाउँदै कामर्यक्रम समावेश गरेको छ । सो कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गरी योग्य नागरिक बनाउने सरकारको बुझाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending