Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि, समस्यामा किसान

रासस

चितवन । कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका कारण कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइलार्क एग्रो प्रालिका प्रबन्ध सञ्चालक टीकाराम पोखरेलका अनुसार दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थमा भारी मूल्यवृद्धि भएको छ । 

गत वर्ष प्रतिकिलो रु ७२ हाराहारी पर्ने भटमास हाइब्रो अहिले रु १२० प्रतिकिलो परेको छ । यसैगरी सामान्य भटमास रु ११० पर्ने गरेको छ । जुन गत वर्ष रु ६२ प्रतिकिलोमात्रै थियो ।

मकै रु ३२ बाट बढेर रु ३८ पुगेको छ । तेल रु १६० प्रतिलिटरबाट रु २४२ पुगेको छ । पोखरेलका अनुसार ढुटो रु २८ बाट ३३ पुगेको छ । मूल्यवृद्धि बढी भएको भटमासको पिना र मकै गरी ७५ प्रतिशत हाराहारी दानामा प्रयोग हुने गर्दछ । यसैगरी रु ५० पर्ने डिसीपी रु १२० प्रतिकिलो पुगेको छ । भिटामिन, मिनिरल्स, औषधिमा पनि ३० देखि ४० प्रतिशत मूल्यवृद्धि भएको उनको भनाइ छ ।

कच्चा पदार्थको मूल्य बढेपछि दानाको मूल्य केही बढे पनि लागत मूल्य पाउनै मुस्किल रहेको उहाँले जानकारी दिनुभयो । पोल्ट्री व्यवसायी महासङ्घका उपाध्यक्षसमेत रहनुभएका पोखरेल यसबाट कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएको बताउँछन् । 

उनले भने, ‘एकातर्फ दानाको मूल्य बढ्यो, अर्कोतर्फ पोल्ट्रीजन्य उत्पादनको मूल्य घटेको छ, जसले गर्दा किसान मारमा परेका छन् ।’

किसान दाना उद्योग प्रालिका कार्यकारी निर्देशक विनोद पोखरेल दानाको कच्चा पदार्थका कारण दानाको लागत मूल्य बढेको बताउँछन् । पोखरेल समूहको नवलपरासीमा तीन लाख हाराहारी कुखुरा रहेका छन् । दानाको मूल्य बढ्दा लागत बढेको तर त्यसैअनुसारको अण्डा र मासुको मूल्यवृद्धि हुन नसक्दा समग्र किसान प्रभावित भएको उनको भनाइ छ । 

दानाको कच्चा पदार्थको मूल्यवृद्धिलाई आफूले अस्वाभाविक रूपमा लिएको बताए। भटमास र मकैमा लाग्ने कृषि सुधार शुल्क शून्यमा झार्न सकेमा केही लागत घट्ने उनको भनाइ छ। 

नेपाल दाना उद्योग सङ्घका पूर्वध्यक्ष डा तिलचन्द्र भट्टराई भारत, ब्राजिल, दक्षिण अमेरिकी देशहरूबाट भटमासको पिना आउने गरेकामा कोभिडसँगै विभिन्न खालका समस्या देखिएर ल्याउन कठिन भएको बताए।  

भारतमा मकै र भटमासको उत्पादन घटेको भन्दै उनले मकै बङ्गलादेशबाट आउने गरेकामा ल्याउन कठिन भएको उनको भनाइ छ। तेस्रो मुलुकमा सामान पाए पनि कन्टेनर नपाउँदा समस्या आएको उनले बताए । 

डा भट्टराईले भने, ‘कोभिडले अन्तर्राष्ट्रिय व्यापारको सञ्जाल भत्किएको छ, जसले मूल्यवृद्धि गरायो ।’ भारतमा मकै, भटमासजस्ता वस्तुको उत्पादन घटेको र तेस्रो मुलुकबाट सामान आयात गर्न समस्या भएपछि मूल्यवृद्धि भएको उनको भनाइ छ । 

दानामा ढुटो, डिओसी, तोरीको पिना, मिनिरल, भिटामिन, क्याल्सियमका स्रोतहरू आवश्यक पर्दछ । ती सबैको मूल्यमा वृद्धि भएको उनले जानकारी दिए।  

नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रविन पुरी भटमासको पिना नयाँ आउने बेलामा अस्वाभाविक मूल्यवृद्धि भएको बताउँछन् । अहिले दानाको लागत मूल्यमा प्रतिकेजी रु २१ हाराहारी मूल्यवृद्धि भएको छ । 

यद्यपि व्यवसायीहरूले प्रतिकिलो रु ५.५० देखि ६.५० सम्म बढाएको उनको भनाइ छ । आर्थिक वर्ष २०७४÷७५ सम्म बाहिरी देशबाट भटमासको पिना र मकै ल्याउँदा १.६ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेकामा त्यसयता मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको उनले बताए। 

यसले गर्दा दानामा प्रतिकिलो रु चार बढेको पुरी बताउँछन् । हाल दानाको मूल्य रु ६० देखि ८० सम्म प्रतिकिलो पर्ने गरेको छ । विश्वभर कृषि क्षेत्रमा बाह्य देशबाट आउने कच्चा पदार्थमा शून्य प्रतिशत शुल्क लाग्ने भए पनि नेपालमा सरकारले यसतर्फ ध्यान नदिँदा आफूहरु प्रभावित भएको उनको भनाइ छ। 

सबैभन्दा धेरै खपत हुने भटमासको पिना ९९ प्रतिशत र मकै ७५ प्रतिशत विदेशबाट आयात हुने गर्दछ । पुरीका अनुसार गत साल रु ३३ अर्ब हाराहारीको मकै र भटमास भित्रिएको थियो । यस वर्ष रु ४० अर्बभन्दा बढी आयात हुने अनुमान गरिएको छ । पोल्ट्रीका लागि आवश्यक पर्ने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भए पनि यसको उत्पादन भने आत्मनिर्भर रहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending