काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने भने निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ । माधव नेपालसहित १४ सांसदमाथि कारवाहीको सुचना टाँस वा सभामुखले मार्ग प्रशस्त नगरेसम्म आफ्नो आन्दोलन जारी रहने एमालेका प्रमुख सचेतक विशल भट्टराई बताउँछन्।
तर, एमालेले संसदमा नाराबाजी गर्दै आएको भएपनि सभामुखले वेवस्ता गरेर निरन्तर बैठक चलाइरहेका छन्।
संसददेखि सडकसम्म चर्चामा रहेको एमसिसी भने तत्काल पेश नहुने सभामुख स्राेतले बतायाे। प्रधानमन्त्री शेरबहादुर देउवाले अगाडि बढाउन चाहेपनि सत्ता गठबन्धनमै सहमति बन्न नसक्दा अगाडि बढ्न नसकेको हो।
प्रधानमन्त्री देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहेक सबै दलहरु एमसिसी यथास्थितीमा अगाडि बढाउन नहुने पक्षमा छन्। पाँच दलीय सत्ता गठबन्धनमै सहमति बन्न नसकेपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको छ।
यसअघि साविक नेकपाले पनि खनालकै नेतृत्वमा कार्यदलन बनाएको थियो। तर, सो कार्यदलको प्रतिवेदन कार्यान्वयनमै आएन।
यता, संसदमा एमसिसी पेश गर्न सभामुख सापकोटाको महत्वपूर्ण हात हुन्छ। तर, सापकोटा तत्कालै एमसिसी अगाडि बढाउने पक्षमा छैनन्। सभामुख र गठबन्धनमै सहमति जुटाउन नसक्दा देउवालाई एमसिसी अगाडि बढाउन चुनौती बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: