Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

म्यानमारमा पहिरो: एकको मृत्यु, ७० बेपत्ता

खबरडबली संवाददाता

याङ्गुन । म्यानमारमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु ७० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पहिरोमा परी बेपत्ता भएकाहरुको अहिले धमाधम खोजी कार्य भइरहेको छ । 

चीनसँगको सिमानामा पर्ने देशको उत्तरी क्षेत्रमा आएको पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका मध्ये सवै जसो मजदुर रहेको जनाइएको छ ।   

बेपत्ता भएकाहरु काम गरिरहेको एउटा खानीमा पहिरो गएको बताइएको छ । उनीहरु त्यहाँ न्युन ज्यालामा काम गरेका थिए । सो खानीबाट बार्षिक दशौँ लाख डलर बराबरको उत्पादन तथा निर्यात हुने गरेको अधिकारीहरुले जनाएका छन् ।“घटनामा परी ७० देखि १०० जनासम्म बेपत्ता भएका हुनसक्छन,” उद्धार कार्यमा खटिएका एक जनाले बताएका छ्न् ।

स्थानीय समयानुसार मङ्गलबार विहान ४ बजेतिर पहिरो गएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।“हामीले घटनास्थलबाट जिवितै उद्धार गरेर २५ जनालाई अस्पताल पठाएका छौँ भने एक जनाको शव भेटिएको छ,” उनले भने । घटनास्थलमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि झण्डै २०० जना परिचालित भएको पनि उनले जानकारी दिए। खोजी तथा उद्धारमा खटिएकाहरुले डुङ्गालगायतका सामग्रीहरुको प्रयोग गरेका छन् ।एएफपी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे...

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद्को वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...

बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न सक्दैन: एमाले

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...

राष्ट्रियताका सवालमा नेपालीहरू अहिलेसम्म कहिल्यै विभाजित भएका थिएनन्: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...

केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने

काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...

सांसद आङ्देम्बेको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...

प्रधानमन्त्री संसदमा आउनुस् वा नआउनुस्, अब हामीलाई सरोकार भएन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...

रवीलाई कांग्रेसको प्रश्न: दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित भएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending