भक्तपुर । भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सञ्चालन भइरहेको छ । भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा तेस्रो नेपाल हिउँदे पाठशाला सञ्चालन भइरहेको हो ।
ख्वप इन्जिनियरिङ कलेजको व्यवस्थापन र नामी नामक वैज्ञानिक खोज अनुसन्धान गर्ने संस्थाको आयोजनामा पाठशाला सञ्चालन भइरहेको हो । पाठशालामा देशी विदेशी १२० प्रशिक्षार्थी सहभागी छन् । उनीहरु न्यूनतम स्तानक उत्तीर्णदेखि पीएचडीसम्मका छन् ।
उनीहरुलाई विश्वका विभिन्न देशका ३० वैज्ञानिकले प्रशिक्षण दिइरहेका छन् । गत मङ्गलबारदेखि सुरु भएको पाठशाला यही पुस १६ गते सम्पन्न हुनेछ । प्रत्येक दिन बिहानदेखि बेलुकीसम्म ११ दिनसम्म प्रशिक्षण दिइने जनाइएको छ ।
आयोजक संस्था नामीका इन्जिनियर श्रेयासा पौडेलले संस्थाले वर्षमा एक पटक यस्तो पाठशाला चलाउँदै आएको जानकारी दिए ,। उनका अनुसार यो तेस्रो वर्षको तेस्रो पाठशाला हो । यस पाठशालामा विश्वका विभिन्न वैज्ञानिकले सहभागीलाई वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी जानकारी दिई त्यसका लागि सहयोग गर्ने पौडेलले बताए ।
वैज्ञानिक खोज अनुसन्धानमा लाग्ने व्यक्ति तथा संस्थालाई सहयोग गर्न यस्तो पाठशाला चलाउँदै आएको उनले बताए। ख्वप इन्जिनियरिङ कलेजका ई उपप्राचार्य रवीन्द्र फोंजूले विकशित देशहरुसँगै विकासन्मुख देशहरु पनि वैज्ञानिक खोज अनुसन्धानमा अगाडि बढाउन यस्तो कार्यक्रम गरिएको उनको भनाइ छ।
कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) नाम दिइएको यो पाठशालामा नयाँ नयाँ अनुसन्धानबारे शोधपत्र निकालिने छ । आयोजक नामी संस्थाका अनुसन्धानकर्ता दण्डपानी पौडेलले कृत्रिम बौद्धिकतालाई पाठशालामा सही ढङ्गले उपयोग गर्ने विषयमा छलफल चलाइने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - ०८:१२
बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगाय...
माघ १५ गते, २०८२ - ०८:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा मध्यराति अज्ञात व्यक्तिको आक्रमणबाट आमाछोराको हत्या भएको छ भने ससुराबुहारी गम्भीर घाइते भएका छन्। ...
माघ १५ गते, २०८२ - ०७:४२
काठमाडौं । ०७९ को प्रतिनिधिसभा चुनावताका कांग्रेसमा सभापति थिए शेरबहादुर देउवा । तत्कालीन महामन्त्री गगन थापा अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्...
माघ १५ गते, २०८२ - ०७:३७
गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँद...
माघ १५ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्का २० घटना भएका छन् ।...
माघ १५ गते, २०८२ - ०७:२७
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका...
माघ १५ गते, २०८२ - ०७:१२
काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ । मंगलबार सर्वोच्...
माघ १५ गते, २०८२ - ०७:०९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्ला स्तरमा ...
माघ १५ गते, २०८२ - ०७:०६
तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिए...
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...




प्रतिकृया लेख्नुहोस्: