Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

चुहावट नियन्त्रणमा गुणात्मक फड्को मार्दै प्राधिकरण

खबरडबली संवाददाता
काठमाडौं । एक प्रतिशतमात्रै चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै रु ७० करोड बराबरको मुनाफा हुन जान्छ । पछिल्ला दिनमा बिजुलीको चुहावटको मात्रामा वृद्धि भएको थियो । कोरोना कहरका कारण प्राधिकरणले अभियानका रुपमा चुहावट नियन्त्रणको कामलाई अगाडि बढाउन सकेको थिएन ।
 
कोरोनाका कारणले स्थानीय प्रशासनको सहयोगसमेत लिन सकेको थिएन । सोही कारण चुहावटको मात्रामा वृद्धि भएको थियो । कोरोनाको असर सामान्य भएको र जनजीवन नियमित प्रक्रियामा फर्केपछि प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई पुनःदेशव्यापीरुपमा सञ्चालन गर्दा अपेक्षित नजिता हासिल भएको छ । झण्डै तीन प्रतिशतको हाराहारीमा चुहावट नियन्त्रण हुँदा त्यसबाट प्राधिकरणलाई झण्डै रु एक अर्ब ५० करोड बराबरको मुनाफा हुने अवस्था देखिएको छ । 
 
प्राधिकरणले चालू आव २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा सीमित गरेको छ । यसबाट गुणात्मक प्रतिफल हासिल भएको प्राधिकरणको दाबी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि चुहावट नियन्त्रणको कामलाई स्थानीय प्रशासनसँग सहकार्य गरेर अगाडि बढाउन प्राधिकरणको नेतृत्वलाई निर्देशन दिएकि छिन् । चुहावट नियन्त्रण गर्नु बिजुली उत्पादन गर्नु जस्तै भएको भन्दै उनले बिजुली चोरीमा संलग्नलाई कुनै पनि हालतमा छुट नदिन र कारवाहीको दायरामा ल्याउन स्पष्ट निर्देशन दिएकि छिन् । मन्त्री भुसाल प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत छिन् ।
 
स्थानीय प्रशासनले पनि चुहावट नियन्त्रणमा सहयोग गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियमितरुपमा बिजुलीको खपत बढाउने अभियानसँगै चुहावट नियन्त्रणमा समेत लागि परेका छन् । हरेक प्रदेश कार्यालय, स्थानीय वितरण केन्द्रलाई समेत चुहावट नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न स्पष्ट निर्देशन दिइएको परिणाम हासिल भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
 
नियमितरुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गर्न सफल भएको हो ।
 
गत कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९।२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो । गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २.७७ प्रतिशत बिन्दुले कम हो । प्राधिकरणले चालू आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।
 
आव २०७२/७३ मा २५.७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारेको थियो । आव २०७७/७८ मा चुहावट १.९१ प्रतिशत बिन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो । कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारीरुपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए ।
 
उद्योगमा विद्युत् आपूर्ति बढेको र चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त तथा प्रभावकारी बनाएर चालू आवका लागि राखिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम अगाडि बढाइएको घिसिङले जानकारी दिए।
 
“गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकैरुपमा चलाइएको छ”, उनले भने, “चोरी नियन्त्रण गर्दा कति ठाउँमा हाम्रा कर्मचारीमाथि आक्रमण भएको छ, यस्तो अवस्थामा पनि वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएका छौँ ।”    
 
काठमाडौँ उपत्यकामा जाडोमा र तराई क्षेत्रमा गर्मीमा चुहावट बढ्ने उल्लेख गर्दै घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर चालिएको अभियानलाई अझै सशक्त र प्रभावकारी बनाएर चालू आवको लक्ष्य हासिल गरिने बताए । प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवाप्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुख र मातहतका वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्नेछ ।
 
कार्यकारी निर्देशक घिसिङले थपे, “उपयुक्त स्थानमा उपयुक्त व्यक्ति भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको छ, ग्राहकलाई दिने सेवामा सुधार गर्न, ग्राहकलाई थप विद्युत् दिन, विद्युत् चुहावट नियन्त्रण, विद्युत् महसुल बक्यौता असुली, विद्युतीकरणलगायतलाई मुख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन गर्दैछौँ, यसबाट चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाहलगायतमा सुधार हुनेछ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको कुटपिटबाट मृत्यु भएको आरोप परिवारले लगाएका छन्। मृतकका आफन्तका अनुसार ...

उद्धार उडानमा प्रक्रिया सहज, बिरामीलाई राहत

मुस्ताङ। निषेधित क्षेत्रमा हुने उद्धार उडानको प्रक्रियागत झन्झट हटेसँगै सिकिस्त बिरामीलाई राहत पुगेको छ । गत वर्ष जेठ महिनामा उपल्लो मुस्ताङको लो–घ...

धनुषामा बाँसघारीमा ६० वर्षीय पुरुष मृत फेला

ढल्केबर। धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित बाँसघारीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही वडाका ६० वर्षीय जगतबहादुर थापा ...

कांग्रेस संसदीय दलको नेता चयन गर्न सांसदहरूको बैठक बोलाइयो

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...

कांग्रेस संसदीय दलको नेता चयन गर्न सांसदहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...

छ सय विद्यार्थीको नि:शुल्क स्वास्थ्य बिमा

स्याङ्जा । भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको  स्वास्थ्य बिमा गर्न थालेको छ ।  यह...

यूएईविरुद्ध टी–२०आई शृंखला: दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (नेपाल क्रिकेट संघ) ले यूएईसँग आगामी सोमबार र मंगलबार हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।...

सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते

गाईघाट। उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।...

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् । बिहीबार साँझ करिब ७ ब...

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो ।  नेपाल सुनचाँदी व्यव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending