म्याग्दी । म्याग्दीमा उत्पादित सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैँचामा नै पुग्न थालेका छन् ।पश्चिम म्याग्दीको बास्कुना, भकिम्ल, मरेक, राखु, बरङ्जा र उत्तरी म्याग्दीका हिस्तान, दोसल्लेलगायत गाउँमा सुन्तला खरिदका लागि व्यापारी पुगेका हुन् ।यी क्षेत्रमा सुन्तला खरिद गर्न व्यापारी पुगे पनि किसान भने उत्साहित छैनन् । बोटमा लटरम्मै फलेका सुन्तलामा चाइनिज सिडरस फुड फ्लाइ ९औँसा० नामक कीराको प्रकोप देखिएको र सोही रोगका कारण दाना पोटिला नहुँदा भनेजति मूल्य नपाएको किसानको गुनासो छ ।
त्यसैगरी सुन्तलाको बोटमा औंँसा कीरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । यसवर्ष उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा कीरा लागेको त्यहाँका किसानले बताएका छन् ।त्यसैगरी गएको वर्ष पनि बेनी नगरपालिका–३, भकिम्लीको राखु, मरेक तथा ४ नम्बर वडा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मङ्गला–५, अर्मन र मालिका–७, बिम गाउँमा लगाइएको सुन्तला खेतीमा औँसा कीरा लागेको थियो ।
गएको वर्ष औँसा कीराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्रमार्फत प्रोटिन बेस ९खाद्यपासो० थापेर औँसा नियन्त्रण गरिएको क्षेत्रमा प्रकोप घट्दो क्रममा रहेको र अन्य ठाउँमा बढ्दै गएको छ । सुन्तलामा औँसा कीरा लागेपछि विस्तारै बोट सुक्दै जाने, दाना चाउरी पर्ने, समय नपुग्दै पहेँलो हुने तथा नपाक्दै झर्नेजस्ता समस्या देखिएको किसानले बताएका छन् । यसपटक अन्नपूर्णको दोसल्लेमा व्यावसायिकरूपले गरिएको सुन्तलाखेतीमा औँसा कीराको प्रकोप धेरै देखिएको छ । दोसल्लेका अधिकांश किसानको बगैँचामा लगाइएको सुन्तलामा औँसा कीराको प्रकोप देखिएको दोसल्ले व्यावसायिक सुन्तलाजात फलफूल किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा पुनले बताए ।
बास्कुनाका किसान तिलक गुरुङले गाउँका ९० घरधुरीका २०० भन्दा बढी किसानले व्यावसायिकरूपमा सुन्तलाखेती गरेको बताए । उनका अनुसार बास्कुनादेखि बरङ्जा क्षेत्रमा मात्रै २० हजार सुन्तलाका बोट छन् । किसानले बोटबाट नै प्रतिकिलो रू ७० मा सुन्तला बिक्री गरिरहेका उनले जानकारी दिए ।
“बोटमा सुन्तला त राम्रैसँग फलेका छन् तर औँसा कीराका कारण दाना पनि त्यति पोटिला छैनन् र झर्ने समस्या पनि देखिएको छ । त्यसैले जति आम्दानी हुनुपथ्र्यो त्यति हुदैन की भन्ने चिन्ता थपिएको छ”उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १३:११
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको कुटपिटबाट मृत्यु भएको आरोप परिवारले लगाएका छन्। मृतकका आफन्तका अनुसार ...
बैशाख ४ गते, २०८३ - १२:५५
मुस्ताङ। निषेधित क्षेत्रमा हुने उद्धार उडानको प्रक्रियागत झन्झट हटेसँगै सिकिस्त बिरामीलाई राहत पुगेको छ । गत वर्ष जेठ महिनामा उपल्लो मुस्ताङको लो–घ...
बैशाख ४ गते, २०८३ - १२:४१
ढल्केबर। धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित बाँसघारीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही वडाका ६० वर्षीय जगतबहादुर थापा ...
बैशाख ४ गते, २०८३ - १२:३४
काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...
बैशाख ४ गते, २०८३ - १२:३३
काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...
बैशाख ४ गते, २०८३ - १२:२७
स्याङ्जा । भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बिमा गर्न थालेको छ । यह...
बैशाख ४ गते, २०८३ - १२:१८
काठमाडौं । नेपाल क्रिकेट संघ (नेपाल क्रिकेट संघ) ले यूएईसँग आगामी सोमबार र मंगलबार हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।...
बैशाख ४ गते, २०८३ - १२:०६
गाईघाट। उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।...
बैशाख ४ गते, २०८३ - ११:२५
अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् । बिहीबार साँझ करिब ७ ब...
बैशाख ४ गते, २०८३ - ११:१६
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो । नेपाल सुनचाँदी व्यव...


प्रतिकृया लेख्नुहोस्: