Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै, २४ कम्पनी अन्तिम तयारीमा

खबरडबली संवाददाता

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै, २४ कम्पनी अन्तिम तयारीमा

काठमाडौं । सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन ९आइपिओ० को अन्तिम तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी गरेका हुन्। सेयर निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्का छन्। त्यस्तै, ६ लघुवित्त, २ बिमा र २ अन्य कम्पनी पनि आइपिओ निष्कासनको तयारीमा छन्।

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्। पाइपलानमा रहेका ती कम्पनीले बोर्डबाट अनुमति पाउनेबित्तिकै आइपिओ निष्कासन गर्नेछन्। बोर्डले स्वीकृति दिएको दुई महिनाभित्र आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ।

आइपिओ निष्कासनको पाइपलाइनमा रहेको सयपत्री हाइड्रोपावरले नौ करोड रूपैयाँको नौ लाख कित्ता प्राथमिक सेयर जारी गर्न खोजेको छ। त्यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता आइपिओ जारी गर्न बिक्री प्रबन्धक समेत छनोट गरिसकेको छ।

सय रूपैयाँ प्रतिकित्ताका दरले उक्त कम्पनीले ३५ करोड ३१ लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ। थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ लाख ३१ हजार दुई सय ५० कित्ता आइपिओ जारी गर्ने तयारी गरेको छ। यसले १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको आइपिओ जारी गर्दैछ। राप्ती हाइड्रोपावरले २९ लाख ४१ हजार चार सय १० कित्ता आइपिओ जारी गरेर २९ करोड ४१ लाख ४१ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

पाइपलाइनमा रहेको स्वेतगंगा हाइड्रोपावरले ४७ लाख ७९ हजार कित्ता आइपिओ जारी गर्न खोजेको छ। सेयर बिक्रीबाट उक्त कम्पनीले ४७ करोड ७९ लाख रूपैयाँ जुटाउँदैछ। मन्दाकिनी हहाइड्रोपावरले १७ लाख ६४ हजार एक सय १० कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ। प्रतिकित्ता एक सय रूपैयाँका दरले आइपिओ बिक्री गरेर मन्दाकिनीले १७ करोड ६४ लाख ११ हजार रूपैयाँ सर्वसाधारणसँग उठाउँदैछ।

त्यस्तै, अपर सोलु हाइड्रोपावरले ३३ लाख ७ हजार पाँच सय कित्ता आइपिओ जारी गर्न निवेदन दिएको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ३३ करोड सात लाख ५० हजार रूपैयाँ बराबरको सेयर जारी गर्दैछ। अपर हेवाखोला हाइड्रोपावरले २० लाख कित्ता सेयर जारी गर्न बोर्डसँग स्वीकृति मागेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न एमालेले जित्नुपर्छ : उपमहासचिव भट्टराई

दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...

रामेछापमा निर्वाचन कर्मचारी र मतपेटिका बोकेको गाडि दुर्घटना

काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...

परम्परागत धुनसँगै भक्तपुरमा होली मनाइयो

भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...

महोत्तरी–१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...

मौन अवधि सुरु हुनुअघि बाँकेका उम्मेदवारको दौडधुप

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्‍यालीमार...

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको  ...

दक्षिण सुडानमा एमएसएफका २६ जना कर्मचारी बेपत्ता

नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE