साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै, २४ कम्पनी अन्तिम तयारीमा
काठमाडौं । सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन ९आइपिओ० को अन्तिम तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी गरेका हुन्। सेयर निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्का छन्। त्यस्तै, ६ लघुवित्त, २ बिमा र २ अन्य कम्पनी पनि आइपिओ निष्कासनको तयारीमा छन्।
यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्। पाइपलानमा रहेका ती कम्पनीले बोर्डबाट अनुमति पाउनेबित्तिकै आइपिओ निष्कासन गर्नेछन्। बोर्डले स्वीकृति दिएको दुई महिनाभित्र आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ।
आइपिओ निष्कासनको पाइपलाइनमा रहेको सयपत्री हाइड्रोपावरले नौ करोड रूपैयाँको नौ लाख कित्ता प्राथमिक सेयर जारी गर्न खोजेको छ। त्यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता आइपिओ जारी गर्न बिक्री प्रबन्धक समेत छनोट गरिसकेको छ।
सय रूपैयाँ प्रतिकित्ताका दरले उक्त कम्पनीले ३५ करोड ३१ लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ। थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ लाख ३१ हजार दुई सय ५० कित्ता आइपिओ जारी गर्ने तयारी गरेको छ। यसले १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको आइपिओ जारी गर्दैछ। राप्ती हाइड्रोपावरले २९ लाख ४१ हजार चार सय १० कित्ता आइपिओ जारी गरेर २९ करोड ४१ लाख ४१ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।
पाइपलाइनमा रहेको स्वेतगंगा हाइड्रोपावरले ४७ लाख ७९ हजार कित्ता आइपिओ जारी गर्न खोजेको छ। सेयर बिक्रीबाट उक्त कम्पनीले ४७ करोड ७९ लाख रूपैयाँ जुटाउँदैछ। मन्दाकिनी हहाइड्रोपावरले १७ लाख ६४ हजार एक सय १० कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ। प्रतिकित्ता एक सय रूपैयाँका दरले आइपिओ बिक्री गरेर मन्दाकिनीले १७ करोड ६४ लाख ११ हजार रूपैयाँ सर्वसाधारणसँग उठाउँदैछ।
त्यस्तै, अपर सोलु हाइड्रोपावरले ३३ लाख ७ हजार पाँच सय कित्ता आइपिओ जारी गर्न निवेदन दिएको छ। सय रूपैयाँ प्रतिकित्ताका दरले यसले ३३ करोड सात लाख ५० हजार रूपैयाँ बराबरको सेयर जारी गर्दैछ। अपर हेवाखोला हाइड्रोपावरले २० लाख कित्ता सेयर जारी गर्न बोर्डसँग स्वीकृति मागेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १७:०६
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...
मंसिर २६ गते, २०८२ - १७:०२
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...
मंसिर २६ गते, २०८२ - १६:५०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...
मंसिर २६ गते, २०८२ - १६:३६
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...
मंसिर २६ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...
मंसिर २६ गते, २०८२ - १५:४५
अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ
मंसिर २६ गते, २०८२ - १५:३३
डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...
मंसिर २६ गते, २०८२ - १५:२५
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...
मंसिर २६ गते, २०८२ - १५:१६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...
मंसिर २६ गते, २०८२ - १४:५७
काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...




प्रतिकृया लेख्नुहोस्: