ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुनसकेको छैन । उद्धारका लागि आज गएको निजी कम्पनीको एक हेलिकोप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि उद्धार नगरी फर्किएको छ ।
हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकोप्टर गएको थियो । पहिलोपटक पुग्दा ठाउँ पत्ता नलागेको र दोस्रोपटक स्थानीयवासीलाई लिएर जाँदा मौसममा खराबी आएकाले उद्धार गर्न नसकिएको पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताउनुभयो ।
उद्धारका लागि भोलि पुनः हेलिकोप्टर लैजाने तयारी भएको शेर्पाको भनाइ छ । “हामी दुई पटकसम्म सो क्षेत्रमा पुग्यौँ, पहिलोपटक ठाउँ पत्ता लागेन, दोस्रोपटक जाँदा कुहिरो लाग्यो, अब भोलि पुनः जान्छौँ”, शेर्पाले भने। हिउँमा फसेकाहरू बेलाबेलामा फोन सम्पर्कमै रहने गरेकाले ज्यान जोखिममा नहोला भन्ने अनुमान रहेको शेर्पाको भनाइ छ ।
मिक्वाखोला घर भएका अन्दाजी ५५ वर्षका लाक्पाटासी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका हुन् । चौँरीगोठ सार्ने क्रममा उनीहरू हिमपहिरामा परेका थिए । फोन सम्पर्कका क्रममा उनीहरूले आफूहरू एउटा ओढारमा आड लिएर बसेको बताउने गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - १५:५९
लेखनाथ। जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ ...
पौष ७ गते, २०८१ - १५:५०
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आर...
पौष ७ गते, २०८१ - १५:३६
रियो दि जिनरियो । दक्षिणपूर्वी ब्राजिलको मिनास गेराइस राज्यको राजमार्गमा यात्रुवाहक बस र ट्रकबीच भएको दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । घटनास्थलम...
पौष ७ गते, २०८१ - १४:४९
काठमाडौं। हालसम्म फराम रहदैँ आएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाही अदालतमा उपस्थित भएकी छन् । यसअघि फरार रहदैँ आएकी शाही आइतबार ललितपुर जिल्ला अद...
पौष ७ गते, २०८१ - १४:४४
पोखरा। पुर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको छ । हाल कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको २७ करोड रुपैय...
पौष ७ गते, २०८१ - १४:३९
धनगढी। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको र कुनै पनि हालतमा सरकार चल्नुपर्ने बताएको छन । नेपाल प्रेस युनियन कै...
पौष ७ गते, २०८१ - १४:२९
गुवाहटी। भारतको उत्तरपूर्वी क्षेत्रमा बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार व्यक्ति पक्राउ परेका आसाम राज्यका अधिकारीले आइतबार बताएका छ...
पौष ७ गते, २०८१ - १४:२०
काठमाडौं। नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक पुस १० गते बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । ...
पौष ७ गते, २०८१ - १४:११
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । प्र...
पौष ७ गते, २०८१ - १४:०२
काठमाडौँ। नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएको छन । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत...
प्रतिकृया लेख्नुहोस्: