Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

ओमिक्रोन नियन्त्रणमा थप सर्तक हुन स्वास्थ्य महाशाखाको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सर्तक भएर तयारीमा लाग्न भनेको छ ।

महामारीको विश्वव्यापी जोखिम कायम रहेको र थप सङ्क्रमक भेरियन्ट ओमिक्रोन नेपाल भित्रिएकाले थप सजग हुँदै तयारीमा लाग्नुपर्ने निर्देशक कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रदेश र स्थानीय तहका स्वास्थ्य निर्देशननालय तथा कार्यालयलाई भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने, हात धुनेलगायत जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गर्न भनिएको छ । समुदायमा जोखिम क्षेत्र ९हटस्पट० पत्ता लगाएर एन्टिजिन किटद्वारा परीक्षणको दायरा बढाउन भनिएको छ । 

महामारीको जोखिम बढिरहेकाले महाशाखाले पहिचान भएका कोभिड–१९ केसको आइसोलेशन, उपचारलगायतको व्यवस्थापनमा समन्वय र सहयोग गर्न भनिएको छ । पहिचान भएका सङ्क्रमितसँग सम्पर्कमा आएकालाई कन्ट्याक ट्रेसिङ गर्न र सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको पोटोकलअनुसार परीक्षण तथा व्यवस्थापन गर्न भनिएको छ । खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा खोप प्रयोगमा वृद्धि गर्न महाशाखाले भनेको छ । घरमै होम आइसोलेशनमा रहेका र क्वारेन्टिनमा रहेकालाई निगरानी गर्न भनिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङ बस दुर्घटना: छानबिन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता (सह...

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

किएभ। रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस...

प्रधानमन्त्री पद खेलौना होइन, ख्यालख्यालमा घोषणा गरेर हुँदैन : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको टिप्पणी गरेका छन्...

टिकटकर तुलसाविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा, भ्रामक सूचना नफैलाई अनुसन्धानमा आउन प्रहरीको अनुरोध

काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएकी तुलसा अधिकारीलाई भ्रामक सूचना नफैलाउन प्रहरीले अनुरोध गरेको छ। ...

प्रत्येक बुथमा ३० जना भोलेन्टियर खटाउन ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रत्येक मतदान बुथमा कम्तीमा ३० जना स्वयंसेव...

हुम्लामा एक किशोरी मृत फेला

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका-७, डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको छन्। आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झु...

बालेनको अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै दिएक...

दुर्घटनाग्रस्त बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

धादिङ। दुर्घटनाग्रस्त ग२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँप...

निवर्तमान एमालेकी सांसद सम्झना थपलिया रास्वपा प्रवेश

काठमाडौं। नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छिन्। सोमबार सिरहाको गोलबजारमा आयोजित क...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ जनालाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE