Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

माओवादी केन्द्रीय समिति : खुल्लाबाट ६ जना मात्रै महिला

एकै घरका श्रीमान् श्रीमतीको पनि राम्रै उपस्थिति

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । खुल्लातर्फ १११ जना निर्वाचित हुँदा ६ जना मात्रै महिलाले स्थान पाएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषणा गर्नुभएको २३६ सदस्यीय केन्द्रीय समितिमा खुल्लातर्फ पम्फा भुसाल, उर्मिला अर्याल जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी र यशोदा गुरुङ सुवेदी निर्वाचित भएकी छन्। 

माओवादीले केन्द्रीय समितिमा ३५ प्रतिशत महिलालाई स्थान दिने बताइएको थियो । यद्यपि सबै वर्ग, समुदाय र क्षेत्रको जोड्दा भने तोकिएको प्रतिशत पुग्न जाने माओवादीको दाबी छ । 

श्रीमान् श्रीमती को को ?

माओवादीले आज बन्दसत्रबाट निर्वाचित गरेको केन्द्रीय समितिमा एकै घरका श्रीमान् श्रीमतीको पनि राम्रै उपस्थिति देखिएको छ । खुल्लाबाट केन्द्रीय सदस्य भएका हितमान शाक्यको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा छन्। शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनको श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। 

गणेशमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन्।  खुल्लाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा उनको श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। पूर्वमन्त्री वर्षमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन्। वर्षमान खुल्लातर्फबाट केन्द्रीय समिति सदस्य बन्दा उनको श्रीमती ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छन्। 

कुलप्रसाद केसी र ताराकुमारी घर्ती दुवै जना केन्द्रीय समितिमा अटाएका छन्। केसी खुल्लाबाट केन्द्रीय सदस्य बन्नुभयो भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। 

कृष्णध्वज खड्का र रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समिति सदस्य बनेका छन्। खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय समितिमा निर्वाचित हुनुभएको हो । पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडी केन्द्रीय समितिमा निर्वाचित भएका छन्। बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा उनको श्रीमती सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय समितिमा समेटिएकी छन्। 

देवेन्द्र पौडेल र बलावती शर्मा पनि एकै घरबाट केन्द्रीय समितिमा निर्वाचित भएको छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।  देव गुरुङको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा निर्वाचित भएका छन्। उनकी श्रीमती यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाट समेटिएका छन्। 

दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय समितिमा अटाएका छन्।  नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय समितिमा अटाएका छन्। पोखरेल खुल्लातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन्। देवेन्द्र पराजुली  र कल्पना धमला पनि श्रीमान् श्रीमतीका रूपमा केन्द्रीय समितिमा अटाए। पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय समितिमा अटाएकी हुन्। 

थारु समुदायका ११ जना 

माओवादीको आइतबार निर्वाचित केन्द्रीय समितिमा थारु समुदायबाट नौ जना केन्द्रीय समितिमा निर्वाचित भएको छ । त्यसमा सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी छन्। थारु युवाबाट अमनलाल मोदी थारु र थारु महिलाबाट रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी र कृष्णा चौधरी निर्वाचित भएका छन्। 

त्यस्तै खुल्लाबाट नेपबहादुर चौधरी, इन्द्रजित थारु निर्वाचित भए। यस आधारमा हेर्दा थारु समुदायबाट ११ जनाले केन्द्रीय समितिमा उपस्थिति पाएको छ । 

अध्यक्ष प्रचण्डको एकाघरबाट छोरी रेणु दाहाल, भाइ नारायण दाहाल र बुहारी बिना मगर पनि केन्द्रीय समितिमा अटाए। माओवादीले शनिबार पारित गरेको विधानअनुसार सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गरेको दाबी गरेको छ । माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको थियो । 

विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिएको छ । केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था छ । कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टरअनुसार नै केन्द्रीय समिति निर्वाचित भएको छ । 

केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गराइएको छ । मनोनित गर्न बाँकी रहेकामा सो व्यवस्थालाई पूर्णरूपमा लागू गरिने माओवादीको दाबी छ । 

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार समानुपातिकतर्फको खस आर्यतर्फ ४५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमा गरिएको छ ।  त्यसमा पुरुष १२ जना, ४० वर्षभन्दा कम उमेर समूहका तीन जना, महिला २४ जना र ४० वर्षभन्दा कम उमेर समूहका महिला छ जना निर्वाचित हुनेछन् । आज घोषणा गरिएका थप गर्नुपर्ने भए केन्द्रीय समितिले थप गर्नेछ । 

यस्तै पहिलोपटक दलित समुदायलाई १५ प्रतिशत बराबरको हिस्सा प्रदान गर्ने जनाएको माओवादीले आज घोषणा गरेको केन्द्रीय समितिमा भने १६ जना मात्रै निर्वाचित गरेको छ । माओवादीले अल्पसङ्ख्यकका रूपमा रहेका मुस्लिम समुदायका लागि सात जनाको सिट सुरक्षित गरेको बताएकामा आज निर्वाचित केन्द्रीय समितिमा हकिकुल्लाह मुसलमान र कौसर साह मात्रै अटाए। बाँकी पाँच जना भने मनोनयका क्रममा थप गरिनेछ । 

महिला, आदिवासी, जनजाति, मुस्लिम, थारू समुदायलाई अधिकार सम्पन्न गराउने गरी विधानमा व्यवस्था गरिएको नेता गुरुङले जानकारी दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending