नाइजेरिया । बन्दुकधारीहरुले नाइजेरियामा थप १४० भन्दा बढीको हत्या गरेको दाबी गरिएको छ ।
लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने बाँकी रहेको समाचारमा जनाइएको छ ।
तर, स्थानीय एक नेताले भने लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन् । उनले भने, ‘लडाकू समूहले १४३ जनाको हत्या गरेको छ, उनीहरुले आम नागरिकमाथी हिंसात्मक आक्रमण गरेका थिए ।’
आक्रमणकारी सयौँ लडाकूहरु मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् । उनीहरुले १० गाउँमा आक्रमण गरेका हुन । आक्रमणकारीहरुले घर घरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ । घटनाका बारेमा सरकारी सुरक्षाकर्मीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया र सूचना दिइएको छैन ।
नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरुसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ । सरकारले उनीहरुलाई आतङ्वादी समूहको रुपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ तर अपेक्षित सुधार भने हुन सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - ०९:४०
'एमालेले खबरदारी गर्दागर्दै सरकार नै धाँधली र बुथ कब्जामा उत्रियो'
जेष्ठ ३ गते, २०७९ - ०९:३०
काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजारभन्दा बढी मत पाएका छन्। गणना भइरहेका ८ वटै वडामा अग्रता लिएका बालेनले मतान्तर पनि ...
जेष्ठ ३ गते, २०७९ - ०९:२१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उनहरूप्रति उच्च सम्मानका साथ श्र...
जेष्ठ ३ गते, २०७९ - ०९:०४
सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस प्रकाश भण्डारीले छ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेक...
जेष्ठ ३ गते, २०७९ - ०८:५५
काठमाडौं । हेटौडा महानगर पालिकामा एमाले तेस्रोमा पुगेको छ। आज बिहानसम्म २२ हजार ८ सय ५० मत गनिएको छ। पछिल्लो परिणाम अनुसार राप्रपा नेपालका उम्मेद...
जेष्ठ ३ गते, २०७९ - ०८:४४
पोेखरा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा ...
जेष्ठ ३ गते, २०७९ - ०८:३९
चितवन । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भर...
जेष्ठ ३ गते, २०७९ - ०८:३३
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह १० हजार मतको नजिकै पुग्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार मत कटा...
जेष्ठ ३ गते, २०७९ - ०७:३१
काठमाडौं । वैशाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । हालसम्म आएको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रले हाल सम्म ५१ पाल...
जेष्ठ ३ गते, २०७९ - ०७:२३
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले ...
प्रतिकृया लेख्नुहोस्: