Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

ठूला नेता र विशिष्ट व्यक्तिहरूले पालना गर्दैनन् स्वास्थ्य मापदण्ड

'नेताहरूले उदाहरणीय काम गर्नुपर्थ्यो'

खबरडबली संवाददाता

काठमाडाैं । डेनमार्कका प्रधानमन्त्री मेट्डे फ्रेडरिकसनले मास्क नगलाई किनमेल गर्न निस्किएको भिडिओ सञ्चारमाध्यममा आएपछि गत महिना माफी मागिन्। गत असारमा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्नान्ककले स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेको तस्बिर बाहिरिएपछि राजीनामा गरे।

कोभिड-१९ विरुद्धको खोप नलगाई अस्ट्रेलिया पुगेका विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचले अध्यागमनको हिरासतमा बस्नुपर्‍यो।

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि विभिन्न देशहरूले तय गरेका स्वास्थ्य सावधानीका मापदण्ड उल्लङ्घन भपछि विश्वका चर्चित व्यक्तित्वहरूले माफी मागेका घटना बाहिरिने गरेका छन्।

तर, नेपालमा जिम्मेवार राजनीतिक दलका नेताहरूबाटै कोभिड नियन्त्रणका लागि सरकारले बनाएको मापदण्ड उल्लङ्घन हुने गरेको जनस्वास्थ्यविद्हरू बताउँछन्।

नेकपा माओवादीका अध्यक्षसहित कैयौँ नेताहरूमा कोभिड पुष्टि भएपछि सामाजिक सञ्जालमा नेता तता उच्चपदस्थ व्यक्तिहरूको आनीबानीबारे चर्चा भएको छ।

प्रधानमन्त्री सङ्क्रमितको सम्पर्कमा

सङ्क्रमितसँग नजिकको सम्पर्कमा पुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार दिउँसोबाट भेटघाट बन्द गरेको बताइएको छ।

शुक्रवार बिहान उनको छेवैमा बसेका पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीले भेटघाट बन्द गरेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

‘आइसोलेशनमै बस्नुभएको होइन तर भेटघाट बन्द छ’ देउवाले भने।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कुनै लक्षण नभए पनि प्रधानमन्त्रीले सोमवार कोभिड परीक्षण गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री क्वारन्टीन वा एकान्तवासमा रहे नरहेकोबारे कुनै जानकारी औपचारिक माध्यमबाट सार्वजनिक गरेको छैन।

निकट स्रोतले प्रधानमन्त्रीले कोभिड-१९ विरुद्धको बूस्टर खोप लगाइसकेको जानकारी दिएको छ। तर, विषयमा बुझ्न खोज्दा उनका स्वकीय सचिव भानु देउवाले कुनै प्रतिक्रिया दिएनन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान करिब दुई घण्टा बसेको पाँचदलीय सत्तारूढ गठबन्धनको बैठकमा पुगेका प्रचण्डलाई साँझ ५ बजे गरिएको एन्टिजन परीक्षणमा सङ्क्रमण देखिएको थियो।

त्यसपछि गरिएको पीसीआर परीक्षणमा पनि उनमा कोभिड पुष्टि भयो। शनिवार बिहान मात्रै प्रचण्डको सचिवालयले उनलाई सङ्क्रमण भएको सार्वजनिक गर्‍यो।

पौष ११ देखि १८ सम्म काठमाण्डूमा सम्पन्न माओवादीको अधिवेशनमा सहभागी धेरैलाई कोभिड पुष्टि भएपछि प्रचण्ड'कन्ट्याक्ट ट्रेसिङ'मा परिसकेका थिए।

कार्यालयका कर्मचारीहरूलाई सङ्क्रमण देखिएपछि माओवादीको पार्टी कार्यालय बिहीवारदेखि नै बन्द थियो। माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ कोभिड भएको आशङ्काका कारण गठबन्धनको बैठकमा गएनन्।

त्यही दिन गरिएको परीक्षणमा उनलाई पनि सङ्क्रमण भएको देखियो।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमा राखेको एउटा तस्बिरमा प्रधानमन्त्रीले नाक नछोपिनेगरी मास्क लगाएको र उनीभन्दा केही मिटरको दूरीमा बसेका प्रचण्ड मास्क नलगाई बसेको देखिन्छ। बन्द कोठामा बसेका अरू केही नेताहरूले पनि मास्कको प्रयोग गरेका छैनन्।

प्रधानमन्त्रीका स्वकीय सचिव देउवा बैठकमा नेताहरू सामाजिक दूरी कायम गरेरै बसेको दाबी गर्छन्। तर बोल्दा नेताहरूले मास्क खोलेको उनले स्वीकार गरे।

सङ्क्रामक रोग विशेषज्ञहरूले बन्द कोठामा लामो समय मास्क प्रयोग नगरी बस्दा कोभिड सङ्क्रमणको जोखिम उच्च रहने बताउँदै आएका छन्।

बैठकमा सहभागी सत्ता गठबन्धनका एक नेताले आफूलाई पनि घाँटी दुख्ने समस्या भएपछि आइतवार परीक्षणका लागि स्वाब दिएको जानकारी दिए।

शुक्रवार प्रचण्डसँग एउटै कोठामा बसेका प्रधानमन्त्री शनिवार बिहानै एमाले अध्यक्ष केपी ओलीसँग भेट्न बालकोट पुगे।

प्रधानमन्त्रीको सचिवालयले प्रचण्डलाई सङ्क्रमण भएको जानकारी नभएका कारण प्रधानमन्त्री भेटघाटमा निस्किएको बताएको छ।

‘हामीलाई ढिलो मात्र जानकारी दिइयो। प्रधानमन्त्रीले बालकोटबाट निस्किएपछि मात्रै थाहा पाउनुभएको हो’ देउवाको सचिवालयका गोविन्द परियारले भने।

यस विषयमा बुझ्न खोज्दा प्रचण्डको सचिवालयसँग सम्पर्क हुन सकेन।

'नेताहरूले उदाहरणीय काम गर्नुपर्थ्यो'

जनस्वास्थ्यविद् कृष्णमान शाक्य जनस्वास्थ्य मापदण्डको पालनामा उदाहरणीय बन्नुपर्ने नेता र सार्वजनिक व्यक्तित्वहरूले मापदण्ड पालनामा चुक्ने गरेको बताउँछन्।

अघिल्लो सरकारकै पालामा ‍सुरु भएको जनस्वास्थ्यका मापदण्ड उल्लङ्घनको चलन अहिलेको सरकारले पनि निरन्तरता दिएको शाक्य बताउँछन्।

उनी भन्छन्, ‘सुरुदेखि नै हाम्रा नेता र सार्वजनिक व्यक्तित्वबाट स्वास्थ्य मापदण्ड पालना भएको छैन।’

‘स्वास्थ्य शिक्षाको कुरामा नेतृत्वबाट जनचेतना पालना गरेको प्रदर्शन भयो भने त्यसको प्रभाव जनतामा राम्रो पर्छ। त्यो उल्लङ्घन भयो भने त्यसको असर उल्टो पर्छ।’

सरकारले सङ्क्रमितसँगको नजिकको सम्पर्कमा पुगेका हरेक व्यक्तिले एक साता क्वारन्टीनमा बसेर परीक्षण गर्नुपर्ने मापदण्ड बनाएको छ।

‘स्वास्थ्य मन्त्रालयले मापदण्ड जारी गर्ने त्यसको उल्लङ्घन सरकार प्रमुख र सार्वजनिक व्यक्तित्वहरूबाटै पहिलेबाटै उल्लङ्घन हुँदा सर्वसाधारणहरूले मापदण्ड पालना नगर्ने देखिन्छ’ जनस्वास्थ्यविद् शाक्य भन्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending