Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

बढी बिजुली खपत गर्ने उद्योग स्थापना गरे सरकारले सहयोग गर्ने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ । स्वदेशी बिजुलीको खपत स्वदेशमा नै गर्नुपर्छ भन्ने ध्येयका साथ सरकारले उद्योगी तथा व्यवसायीलाई त्यस्तो आग्रह गरेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भनिन्, “हामीले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई विशेष आह्वान गर्दै आएका छौँ । सरकार थप सहजीकरणका लागि तयार छ ।”  

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानको आयोजना तथा नेपाल उद्योग परिसङ्घ र नेपाल पावर एक्सचेञ्ज लिमिटेडको सहकार्यमा आयोजित नेपाल पावर मार्केट समिट २०२२ लाई सम्बोधन गर्दै उहाँले बिजुलीको खपत बढाउने विषय नै अहिलेको प्रमुख आवश्यकता रहेको बताइन् । 

सरकारको पहिलो प्राथमिकता विद्युत् खपतलाई वृद्धि गर्दै लैजानेमा नै रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने नीति लिएको जानकारी दिइन् । अहिले निजी क्षेत्रबाट सञ्चालित उद्योगले मागेअनुसार विद्युत् उपलब्ध गराउँदै आएको विवरण पेश गर्दै ऊर्जामन्त्रीले बिजुलीलाई कच्चा पदार्थको वस्तुका रूपमा लिएर त्यसलाई बढावा दिनुपर्नेमा जोड दिइन् । 

उनले भनिन्, “एकातिर हामीले विद्युत् खपतलाई प्राथमिकतामा राखेको छौँ भने अर्कोतर्फ अन्तरदेशीय विद्युत् व्यापारका लागि निरन्तर राजनीतिक एवं कूटनीतिकस्तरमा विचार विमर्श गर्दै आएका छौँ । यस प्रकारको छलफललाई अझ तीव्रता दिँदै थप उपलब्धि हासिल गर्नेतर्फ नेपाल सरकार लागेको छ ।”

विद्युत् उत्पादन र खपतको वास्तविकता र यस क्षेत्रका मित्रराष्ट्रको ऊर्जाको आवश्यकताका आधारमा पनि एकआपसमा सहकार्य गर्ने खालको रहेको भन्दै उहाँले हाम्रोमा उत्पादन बढी हुँदा मित्रराष्ट्रमा विद्युत्को माग बढी हुने गरेकाले पनि अवस्था सहज रहेको बताइन् । उनले भनिन्, “हाम्रोमा उत्पादन कम हुने समयमा उहाँहरूको माग पनि कम हुने गरेको छ । यो विद्युत् व्यापारका माध्यमबाट एकअर्काको आवश्यकता पूरा गर्ने महत्वपूर्ण अवसर हो ।”

हाम्रो संविधानले राखेको समाजवादको लक्ष्य प्राप्तिका लागि देश आर्थिकरूपमा समृद्ध हुनु अपरिहार्य रहेको भन्दै उनले विद्युत् आर्थिक विकासका लागि कच्चा पदार्थ पनि भएको उल्लेख गरिन् । 

हामीले चाहेको समृद्धिका लागि विद्युत् उत्पादन र खपत वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले प्रतिव्यक्ति विद्युत् खपत न्यून रहेकाले यसलाई कम्तिमा प्रतिव्यक्ति विद्युत् खपत ७०० युनिट पु¥याउनुपर्ने आवश्यकता औँल्याइन् । 

मन्त्री भुसालले विद्युत् व्यापारको क्षेत्रमा भारतसँग महत्वपूर्ण सहमति गरेको र त्यो दक्षिण एसियाकै ऊर्जा व्यापारका सम्बन्धमा कोसेढुङ्गा बन्ने आफूले विश्वास लिएको बताइन्। समझादारी बहुपक्षीयस्तरमा पनि गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्। उनले त्यसका लागि सरकारले विभिन्नस्तरबाट निरन्तर पहल गरिरहेको जानकारी दिइन्। नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको तथ्य पेश गर्दै ऊर्जा मन्त्रीले  पछिल्लो समयमा निजी क्षेत्रले ऊर्जा व्यापारका सम्बन्धमा पनि निरन्तर छलफल र बहस चलाएकामा धन्यवाद दिइन् । 

हालै मात्र सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय विद्युत् व्यापारको अनुमति प्रदान गरेको छ । मन्त्रालय अन्तरदेशीय विद्युत् व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि विद्युत् व्यापारका लागि अनुमति दिने तयारीमा रहेको उनको भनाइ छ ।  

उनले भनिन्, “विद्युत् व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु ।”  विद्युत् व्यापारका क्षेत्रमा नेपालको मात्र नभई भारत तथा बङ्गलादेशका निजी क्षेत्रले पनि यस किसिमको चासो राख्नुलाई आफूले सकारात्मक अर्थमा लिएको तथा यस्तो सक्रियताले क्षेत्रीय विद्युत् व्यापारमा महत्वपूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सम्पन्न, नतिजा केहीबेरमा आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending