Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

कर्णालीमा एमाले : चार जिल्लामा सर्वसम्मत, तीनमा सहमति नबनेपछि निर्वाचन

खबरडबली संवाददाता

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन सुरु भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रुकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय विधिबाट नेतृत्व चयन गरिएको हो ।

एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार सल्यानमा गोविन्द पुन, रुकुमपश्चिममा नन्दराम देवकोटा, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत निर्विरोध निर्वाचित भएका छन्।  सुर्खेत, दैलेख र जाजरकोटमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया थालिएको छ । 

जाजरकोटमा मतदान जारी छ । यहाँ अध्यक्ष पदमा करवीर शाही र खिमबहादुर शाहीबीच प्रतिस्पर्धा छ । कालिकोटमा शनिबारबाट अधिवेशन सुरु भएकाले सहमतिबाट नेतृत्व चयनको प्रयास भइरहेको प्रदेश अध्यक्ष शाहले बताए। मुगुमा मङ्गलबारदेखि र हुम्लामा माघ २३ गते अधिवेशन हुने भएको छ । सुर्खेत र दैलेखमा आज बिहान मतदानको समय तोकिएको छ ।

सुर्खेतमा सोमबार १ बजेदेखि मतदानको समय तोकिएको तर उम्मेदवारी फिर्ताको समय बढाउन दबाब परेपछि मतदानको समय सारिएको निर्वाचन समितिले जनाएको छ । संशोधित निर्वाचन तालिका अनुसार यहाँ आज बिहान ९ बजे सुर्खेत सभाहलमा मतदान सुरु हुनेछ । सुर्खेतमा अध्यक्षका लागि अमृतकुमार बिसी र डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा हुँदैछ । अन्य पदाधिकारी र सदस्यमा पनि बिसी र शर्माका अलग–अलग उम्मेदवार छन् । 

बिसी समूहबाट उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली तथा शर्माको समूहबाट उपाध्यक्षमा ऋषि गिरी, सचिवमा रेशम राना, उपसचिवमा नेत्रलाल महतारा र टीकाराम सुवेदी छन्। त्यस्तै एमाले दैलेखमा अध्यक्षका लागि रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी प्रतिस्पर्धामा छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्, नयाँ के ल्याउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending