Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

कर्णालीमा एमाले : चार जिल्लामा सर्वसम्मत, तीनमा सहमति नबनेपछि निर्वाचन

खबरडबली संवाददाता

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन सुरु भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रुकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय विधिबाट नेतृत्व चयन गरिएको हो ।

एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार सल्यानमा गोविन्द पुन, रुकुमपश्चिममा नन्दराम देवकोटा, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत निर्विरोध निर्वाचित भएका छन्।  सुर्खेत, दैलेख र जाजरकोटमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया थालिएको छ । 

जाजरकोटमा मतदान जारी छ । यहाँ अध्यक्ष पदमा करवीर शाही र खिमबहादुर शाहीबीच प्रतिस्पर्धा छ । कालिकोटमा शनिबारबाट अधिवेशन सुरु भएकाले सहमतिबाट नेतृत्व चयनको प्रयास भइरहेको प्रदेश अध्यक्ष शाहले बताए। मुगुमा मङ्गलबारदेखि र हुम्लामा माघ २३ गते अधिवेशन हुने भएको छ । सुर्खेत र दैलेखमा आज बिहान मतदानको समय तोकिएको छ ।

सुर्खेतमा सोमबार १ बजेदेखि मतदानको समय तोकिएको तर उम्मेदवारी फिर्ताको समय बढाउन दबाब परेपछि मतदानको समय सारिएको निर्वाचन समितिले जनाएको छ । संशोधित निर्वाचन तालिका अनुसार यहाँ आज बिहान ९ बजे सुर्खेत सभाहलमा मतदान सुरु हुनेछ । सुर्खेतमा अध्यक्षका लागि अमृतकुमार बिसी र डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा हुँदैछ । अन्य पदाधिकारी र सदस्यमा पनि बिसी र शर्माका अलग–अलग उम्मेदवार छन् । 

बिसी समूहबाट उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली तथा शर्माको समूहबाट उपाध्यक्षमा ऋषि गिरी, सचिवमा रेशम राना, उपसचिवमा नेत्रलाल महतारा र टीकाराम सुवेदी छन्। त्यस्तै एमाले दैलेखमा अध्यक्षका लागि रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी प्रतिस्पर्धामा छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending