काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । नेप्से ६९ अङ्कले बढेर दुई हजार ९२६.७४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.८१ अङ्कले बढेर ५४२.६३ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर रु नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३९.४७, व्यापार ७९.६८, होटल तथा पर्यटन ५५.६५, विकास बैंक १४३.४२, जलविद्युत् ७५.२६, वित्त ५६.६२, निर्जीवन बीमा २६६.२२, उत्पादन ४०६.८२, अन्य ६६.२१, लघुवित्त ११०.४५, जीवन बीमा ३८९.५१, सामूहिक लगानी कोष ०.२५ र लगानी १.९१ अङ्कले उकालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड ४३ लाख १७ हजार ५३१ बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु ३० करोड ४४ लाख ४५ हजार १५१, माथिल्लो तामाकोशी रु २९ करोड ७४ लाख ६ हजार ९२१, शिव्म सिमेन्ट रु २६करोड ३३ लाख ७८ हजार ६२२ र नेपाल पूर्वाधार बैंक रु २५ करोड ४१ लाख ५१ हजार ९५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । किसान लघुवित्त ९.९४, हिमालयन डिस्टिलरी ८.९६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ८.७९ प्रतिशतले कमाए ।
यस्तै ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.५९, बोटलर्स नेपाल तराई २.९७, मनकामना स्मार्ट लघुवित्त २.५६, मैलुङ खोला जलविद्युत् कम्पनी २.३३ र न्यादी हाइड्रोपावरका लगडानीकर्ताले २.२७ प्रतिशतले गुमाए । नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ३४ अर्ब ६० करोड १४ लाख १९ हजार ५८७ बराबर पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: