जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताएका छन्।
प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्गयाएपछि रासससँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेशी जनताको ठूलो सपना पूरा भएको बताए।
मुख्यमन्त्री राउतले भने, ‘मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ। मधेश आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ, यो हामी सबैको गौरवको कुरा हो। यसबाट शहीदहरुको सम्मान भएको छ।’
मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँँदै उनले यसबाट उत्पीडित वर्ग, समुदायको मुक्तिका लागि अघि बढ्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे।
मधेश प्रदेश स्थापनाका लागि सहयोग पुर्याउने सबै प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी लगायतलाई धन्यवाद ज्ञापन दिँदै मुख्यमन्त्री राउतले सम्पूर्ण प्रदेशबासी, देशबासीमा बधाई तथा शुभकामना समेत व्यक्त गरे।
प्रदेश सरकार गठन भएको चार वर्षपछि सोमबार नाम मधेस र राजधानी जनकपुरधाम प्रदेशसभाबाट पारित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - ०९:१५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ। ...
पौष १७ गते, २०८२ - ०९:०१
सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...
पौष १७ गते, २०८२ - ०८:१४
काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...
पौष १७ गते, २०८२ - ०८:१०
काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...
पौष १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...
पौष १७ गते, २०८२ - ०८:०१
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...
पौष १७ गते, २०८२ - ०७:५२
सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...
पौष १७ गते, २०८२ - ०७:४९
बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...
पौष १७ गते, २०८२ - ०७:४५
भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...




प्रतिकृया लेख्नुहोस्: